जेठ ७, २०८१ सोमबार May 20, 2024

ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी

अल नासरले अल अखडोउडलाई ३-२ गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-२ गोलले पराजित गरेको हो ।

अल नासरको जितमा मार्सेलो ब्रोजोभिकले ९१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि उनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । त्यस्तै यस खेलमा खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।

त्यसैगरी अल अखडोउडका लागि हसन अल हबिब र साभियोर गडविनले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको ३१ खेलमा ७७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल  नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलाल एक खेल कम खेलेको छ ।

त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया