बैसाख १७, २०८३ बिहिबार April 30, 2026

नेपालमा सम्भ्रान्तहरूको जुलुस- प्रदिप नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संविधान संशोधनमा सबै पार्टी एकै ठाउँमा आए भन्ने समाचार र यसपालि पनि यसलाई भाँड्ने कोशिस भइरहेको छ भन्ने समाचार एक घण्टाको सेरोफेरोमा पाएँ मैले । नेपाल कम्युनिस्ट पार्टीका सङ्गठनहरूले विरोध जुलुस निकाल्ने कुरामा मेरो विश्वास थिएन । प्रतिपक्षमा भए पनि नेपाली काँग्रेसले राष्ट्रिय हितको मुद्दामा सहमति जनाउने घोषणा गरिसकेको हुनाले यसका सङ्गठनहरू विरोध जुलुसमा जाने कुरा मैले सोचिनँ । को आयो त त्यस्तो नयाँ शक्ति जसलाई राष्ट्रिय एकता मन पर्दैन ? भन्ने लाग्यो मलाई । शनिबार संविधान संशोधन हुने तालिका थियो । शुक्रबारै जुलुस निस्कियो र त्यसमा हजारौँ जनता समावेश भएका थिए भन्ने फोटोबिनाको समाचार मैले आफ्नो मोबाइलमा भेटेँ । प्रतिक्रिया पनि जनाइहालेँ, ‘यस्तो अवस्थामा जुलुसमा जानेलाई कोरोना लाग्छ ।’

आए छरपस्ट प्रतिक्रियाहरू । ‘आन्दोलनबाट आएको नेताले आन्दोलनको विरोध गर्न मिल्छ ?’ तपाईंप्रति थोरथार सम्मान थियो, यस्तो पोस्ट लेखेर तपाईंले आफूलाई जनताको आँखाबाट गिराउनुभयो । अब तपाईंलाई नेता मान्न सकिन्न । नेपालका सबै पार्टीले समर्थन गरेको विधेयकको विरोध गर्ने को होला नेपालमा भन्ने बलियो विश्वास भएको हुनाले मैले कुनै पनि विपक्षी प्रतिक्रिया ‘विशेष’ मान्न सकिनँ । जसले निकाले पनि जनविरोधी काम हो विश्वासबाट मुक्त हुन सकिनँ ।

विरोधको अधिकार सबै प्रजातन्त्रमा सुरक्षित छ । यतिबेला हिन्दुस्तान अपवाद भएको छ । यो मेरो भनाइ होइन, स्वयं हिन्दुस्तानी नागरिकको बोली हो यो । भारतीय जनता पार्टीको ‘हिन्दुवाद’ बाट पीडित छन् त्यहाँका नागरिकहरू । हुन त अमेरिकामा पनि रङ्गभेदको विरोधमा सडकमा उत्रिए जनता । ठ्याक्क त्यतैको सिको गरेर आएछन् हाम्रा सम्भ्रान्त आन्दोलनकारीहरू । रातभरि रङ्गिएछन् फेसबुकका पानाहरू । खोलेर हेर्छु त लाजैमर्दो ! म यहाँ ती शब्दहरूको अनुवाद लेख्न पनि सक्दिनँ । विरोध प्रदर्शनमा उठाइएका विरोधी लेखाइहरू एकाधबाहेक अङ्ग्रेजी भाषामा थिए । हामीजस्ताले बोल्नै नसक्ने शब्दहरू किन लेखिए, मैले जान्ने कुरो भएन । र्यालीमा कालो चस्मा र कट्टु लाएका युवा हात उठाइरहेका थिए तर जिन्दावाद र मुर्दावादको आवाजचाहिँ आइरहेको थिएन । क्यामेराको दोष हो कि सम्भ्रान्तजनको जुलुसको तरिकैै त्यस्तो हो मैले बुझ्न सकिनँ ।

हजारौँ हजार भने पनि त्यो जुलुसमा सात आठ सय मानिस थिए, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको भाकाका ‘सुकिलामुकिला’ हरू । यो त साह्रै गलत सङ्ख्या भन्योे यसले भन्ने धेरैलाई लाग्न सक्छ । रत्नपार्कको खुलामञ्च भरिँदा उहिले हामी पनि हजारौँ हजार भन्ने गथ्र्यौं । बिचरो त्यो मञ्च टनाटन भरिँदा त्यहाँ जम्माजम्मी तीस हजार मानिस मात्र हुने रहेछन् । त्यसैले अहिले नयाँ र्यालीका आयोजकले जति हजार भने पनि त्यो प्रदर्शनमा एक हजार मान्छे पनि भेला भएका थिएनन् ।
सरकार विरोधीले भनेजस्तो त्यो स्वतःस्पूmर्त जुलुस पनि थिएन । त्यो प्रायोजित कार्यक्रम थियो । सरकारको कानले सुनोस्, मस्तिष्कको काम थालोस् ।

नेपाल, अहिले निकै अप्ठ्यारो ठाउँमा छ तर नेपालमा अहिले अभूतपूर्व एकता पनि छ । सरकार सञ्चालन गर्नेले यो विशिष्ट अवस्थालाई चिन्न र विश्लेषण गर्न सक्नुपर्छ । साथी र शत्रु खुट्याउने काममा सरकार सफल भएको छैन । जस्तो पछिल्लो परिघटना एम.सी.सी. लाई नै लिउँ । जनमत यसको विपक्षमा छ । होला, यो सँगसँगै अमेरिकी आर्मी आउँदैन, तर नेपाली स्वतन्त्र मानसको चिन्ता हो यो । सन् २०१५ देखि प्रक्रियामा रहेको यो एम.सी.सी. संसद्बाट पास गराउन किन हतारो ? त्यसमाथि एम.सी.सी. मा भारतको सहमति हुनुपर्ने दफा पनि छ एउटा । अर्थात् हामीले मारामार गरेर पास गरे भोलि भारतलाई मनाउन जानुपर्ने त हामीले नै हो ! त्यतिबेला भारतले हुँदैन भनिदियो भने हात्ती आयो हात्ती आयो फुस्सा’ उखानको शिकार हुनुपर्नेछ नेपालले । भारतले यो सम्झौता अस्वीकार गरेमा कुरै सिद्धिगयो । उसले ल्याउनुस् ल्याउनुस् भनेमा नेपालमा छिरेर चीन र भारत दुवैलाई तारो हान्ने अमेरिकालाई हामी कसैगरी पनि रोक्न सक्दैनौँ । चारै दिशाबाट तीरहरू आइरहेको समयमा यो एम.सी.सी. लाई ‘भारीमाथिको सुपारी’ नबनाउँ । हामी आउँदा त्यो जहाँ थियो, त्यही कुर्सीमा बसिरहोस् ।

सन् २०१५ देखि प्रक्रियामा रहेको यो एम.सी.सी. संसद्बाट पास गराउन किन हतारो ? त्यसमाथि एम.सी.सी. मा भारतको सहमति हुनुपर्ने दफा पनि छ एउटा । अर्थात् हामीले मारामार गरेर पास गरे भोलि भारतलाई मनाउन जानुपर्ने त हामीले नै हो ! त्यतिबेला भारतले हुँदैन भनिदियो भने हात्ती आयो हात्ती आयो फुस्सा’ उखानको शिकार हुनुपर्नेछ नेपालले ।

सन् २०१५ सम्झौता भएर ०१६-१८ सम्म आनन्दले सुतेको एम.सी.सी. लाई कम्युनिस्ट पार्टीको सरकार भएकै दिन नाक देखाउन किन आउनुप¥यो ? म जस्ताले पनि यस्तो प्रश्न गर्न सक्छु भने मभन्दा क्रान्तिकारीलाई कसरी सम्झाउन सक्छ योे सरकार ? भनौँ अमेरिकालाई – यो सम्झौतामा नेपाली संसद्मा सहमति जुटेन, साथीहरू केही बुँदालाई स्वीकार गर्न मानिरहनुभएको छैन, त्यसैले यसपालि यसलाई थाती राखौँ । पछि फराकिलो दायरामा छलफल गरौँला भनेर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मेलमिलापको बाटो खोजी हिन्दुस्तानको अतिलाई खतिमा पु¥याएर अभूतपूर्व एकताको परिस्थिति उत्पन्न हुने सम्भावना देख्न सक्छु म । त्यसैले एम.सी.सी. पास गर्ने काममा कसैको पनि सिंए नजागोस् ।

आफ्नो वरिपरि कस्तो जाली रुमाल बेरिएको छ भन्ने कुरामा नेपाल कम्युनिस्ट पार्टीका सञ्चालक नेताहरूले बुझ्नुपर्छ । नेपालमा निर्वाचितै भएर कम्युनिस्ट पार्टीको सरकार बनेको भए पनि त्यसलाई देख्न नचाहने एउटा अन्तर्राष्ट्रिय गिरोह नेपाललाई माथि आकाशबाट गिद्धले जसरी हेरिरहेको छ । सरकारका कुनै पनि कामहरू त्यो गिद्धको आँखाबाट लुकेका छैनन् । यस्तो अवस्थामा सरकारको काम हुन्छ– लुरुलुरु काम गरिरहनु । एकपल्टमा एउटा काम प्रमुख हुन्छ भनेर कम्युनिस्ट पार्टीका नेतालाई भनिरहनु नपर्ला । अहिले नै राष्ट्रिय महत्वका एक दर्जनभन्दा बढी काम छन् अलपत्र परेका । जस्तो पुष्पलाल लोकमार्ग, मदन भण्डारी लोकमार्ग, माथिल्लो तामाकोशी, दूधकोेशी, तमोर जलाशय अहिलेसम्म सकिएका छैनन् । पहिले थाती रहेका सडक र जलस्रोतसम्बन्धी काम सिध्याउनेतिर लाग्नुस् अनि नयाँ राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रसारण लाइन, राजमार्गहरूलाई छ अथवा आठ लेन बनाउने कुरा गर्दै गरौँला ।

एम.सी.सी. निःशर्त सहयोग हो, लिनुपर्छ भन्ने असल साथीभाइलाई भनिहालौं, संसारका कुनै पनि धनी राष्ट्रहरू गरिब मुलुकलाई निःशर्त सहयोग दिँदैनन् । यस्तो हुन्थ्यो भने दुनियाँमा लडाइँ झगडा केही हुँदैनथ्यो । तपार्ईंको हित हुने काम किन गर्छ अमेरिकाले ? यो एक्काइसाैं शताब्दीमा अमेरिकामा बाउआमाले सित्तैँमा छोराछोरीलाई समेत केही दिंदैनन् भने नेपाल के हो र सित्तैँमा त्यसबाट सहयोग पाउने ? यो विश्वमा हरेक निःशर्त सहयोगभित्र के छ भनेर नखोज्ने चलन भएको हुनाले गरिब राष्ट्र झन्झन् गरिब हुँदाछन् र शक्ति राष्ट्रहरूमा पैसाको उरुङ लागेको छ ।

एम.सी.सी. निःशर्त सहयोग हो, लिनुपर्छ भन्ने असल साथीभाइलाई भनिहालौं, संसारका कुनै पनि धनी राष्ट्रहरू गरिब मुलुकलाई निःशर्त सहयोग दिँदैनन् । यस्तो हुन्थ्यो भने दुनियाँमा लडाइँ झगडा केही हुँदैनथ्यो । तपार्ईंको हित हुने काम किन गर्छ अमेरिकाले ? यो एक्काइसाैं शताब्दीमा अमेरिकामा बाउआमाले सित्तैँमा छोराछोरीलाई समेत केही दिंदैनन् भने नेपाल के हो र सित्तैँमा त्यसबाट सहयोग पाउने ? यो विश्वमा हरेक निःशर्त सहयोगभित्र के छ भनेर नखोज्ने चलन भएको हुनाले गरिब राष्ट्र झन्झन् गरिब हुँदाछन् र शक्ति राष्ट्रहरूमा पैसाको उरुङ लागेको छ ।

अहिले हामी विद्युत् निर्यात गरेर धनी हुने सपनामा पनि छैनौँ । हामीलाई ढुक्कले २४ घण्टाको बिजुली चाहिएको छ । हामीले जति हाईहाई गरे पनि हाम्रो विद्युत् प्राधिकरणसँग उपत्यकाको लोड धान्ने क्षमता छैन । पहिले त्यो काम गरौँ न, उपत्यकामा पाँच सय मेगावाट उज्यालो निरन्तर पाइयोस् । पछि साँच्चै बिजुलीमय यातायात प्रणाली सुरु भयो भने हजार मेगावाट नै चाहिने हो कि !

सरकार, सांसद, ठूला उद्योपति तथा सम्पूर्ण देशवासीहरू ! हामीलाई केही बेचेर धनी बन्नु छैन । हामी उसै पनि टाट पल्टिसकेका रहेछौँ । गुन्द्रुक र कोदोसमेत विदेशबाट आयात गर्ने हामीलाई गुन्द्रुक र कोदो आयात नगर्ने प्रणाली विकास गर्नुपरेको छ । नेपाललाई सिध्याउने सम्भ्रान्त जुलुसेलाई भन्दिनुस् सबैले– पहिले नेपालीमा लेख्न सिक, नेपालीमा बोल्न सिक, नेपालीमा गाउन र नाच्न सिक । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार