वैशाख ८, २०८१ शनिबार April 20, 2024

नेपालमा सम्भ्रान्तहरूको जुलुस- प्रदिप नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संविधान संशोधनमा सबै पार्टी एकै ठाउँमा आए भन्ने समाचार र यसपालि पनि यसलाई भाँड्ने कोशिस भइरहेको छ भन्ने समाचार एक घण्टाको सेरोफेरोमा पाएँ मैले । नेपाल कम्युनिस्ट पार्टीका सङ्गठनहरूले विरोध जुलुस निकाल्ने कुरामा मेरो विश्वास थिएन । प्रतिपक्षमा भए पनि नेपाली काँग्रेसले राष्ट्रिय हितको मुद्दामा सहमति जनाउने घोषणा गरिसकेको हुनाले यसका सङ्गठनहरू विरोध जुलुसमा जाने कुरा मैले सोचिनँ । को आयो त त्यस्तो नयाँ शक्ति जसलाई राष्ट्रिय एकता मन पर्दैन ? भन्ने लाग्यो मलाई । शनिबार संविधान संशोधन हुने तालिका थियो । शुक्रबारै जुलुस निस्कियो र त्यसमा हजारौँ जनता समावेश भएका थिए भन्ने फोटोबिनाको समाचार मैले आफ्नो मोबाइलमा भेटेँ । प्रतिक्रिया पनि जनाइहालेँ, ‘यस्तो अवस्थामा जुलुसमा जानेलाई कोरोना लाग्छ ।’

आए छरपस्ट प्रतिक्रियाहरू । ‘आन्दोलनबाट आएको नेताले आन्दोलनको विरोध गर्न मिल्छ ?’ तपाईंप्रति थोरथार सम्मान थियो, यस्तो पोस्ट लेखेर तपाईंले आफूलाई जनताको आँखाबाट गिराउनुभयो । अब तपाईंलाई नेता मान्न सकिन्न । नेपालका सबै पार्टीले समर्थन गरेको विधेयकको विरोध गर्ने को होला नेपालमा भन्ने बलियो विश्वास भएको हुनाले मैले कुनै पनि विपक्षी प्रतिक्रिया ‘विशेष’ मान्न सकिनँ । जसले निकाले पनि जनविरोधी काम हो विश्वासबाट मुक्त हुन सकिनँ ।

विरोधको अधिकार सबै प्रजातन्त्रमा सुरक्षित छ । यतिबेला हिन्दुस्तान अपवाद भएको छ । यो मेरो भनाइ होइन, स्वयं हिन्दुस्तानी नागरिकको बोली हो यो । भारतीय जनता पार्टीको ‘हिन्दुवाद’ बाट पीडित छन् त्यहाँका नागरिकहरू । हुन त अमेरिकामा पनि रङ्गभेदको विरोधमा सडकमा उत्रिए जनता । ठ्याक्क त्यतैको सिको गरेर आएछन् हाम्रा सम्भ्रान्त आन्दोलनकारीहरू । रातभरि रङ्गिएछन् फेसबुकका पानाहरू । खोलेर हेर्छु त लाजैमर्दो ! म यहाँ ती शब्दहरूको अनुवाद लेख्न पनि सक्दिनँ । विरोध प्रदर्शनमा उठाइएका विरोधी लेखाइहरू एकाधबाहेक अङ्ग्रेजी भाषामा थिए । हामीजस्ताले बोल्नै नसक्ने शब्दहरू किन लेखिए, मैले जान्ने कुरो भएन । र्यालीमा कालो चस्मा र कट्टु लाएका युवा हात उठाइरहेका थिए तर जिन्दावाद र मुर्दावादको आवाजचाहिँ आइरहेको थिएन । क्यामेराको दोष हो कि सम्भ्रान्तजनको जुलुसको तरिकैै त्यस्तो हो मैले बुझ्न सकिनँ ।

हजारौँ हजार भने पनि त्यो जुलुसमा सात आठ सय मानिस थिए, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको भाकाका ‘सुकिलामुकिला’ हरू । यो त साह्रै गलत सङ्ख्या भन्योे यसले भन्ने धेरैलाई लाग्न सक्छ । रत्नपार्कको खुलामञ्च भरिँदा उहिले हामी पनि हजारौँ हजार भन्ने गथ्र्यौं । बिचरो त्यो मञ्च टनाटन भरिँदा त्यहाँ जम्माजम्मी तीस हजार मानिस मात्र हुने रहेछन् । त्यसैले अहिले नयाँ र्यालीका आयोजकले जति हजार भने पनि त्यो प्रदर्शनमा एक हजार मान्छे पनि भेला भएका थिएनन् ।
सरकार विरोधीले भनेजस्तो त्यो स्वतःस्पूmर्त जुलुस पनि थिएन । त्यो प्रायोजित कार्यक्रम थियो । सरकारको कानले सुनोस्, मस्तिष्कको काम थालोस् ।

नेपाल, अहिले निकै अप्ठ्यारो ठाउँमा छ तर नेपालमा अहिले अभूतपूर्व एकता पनि छ । सरकार सञ्चालन गर्नेले यो विशिष्ट अवस्थालाई चिन्न र विश्लेषण गर्न सक्नुपर्छ । साथी र शत्रु खुट्याउने काममा सरकार सफल भएको छैन । जस्तो पछिल्लो परिघटना एम.सी.सी. लाई नै लिउँ । जनमत यसको विपक्षमा छ । होला, यो सँगसँगै अमेरिकी आर्मी आउँदैन, तर नेपाली स्वतन्त्र मानसको चिन्ता हो यो । सन् २०१५ देखि प्रक्रियामा रहेको यो एम.सी.सी. संसद्बाट पास गराउन किन हतारो ? त्यसमाथि एम.सी.सी. मा भारतको सहमति हुनुपर्ने दफा पनि छ एउटा । अर्थात् हामीले मारामार गरेर पास गरे भोलि भारतलाई मनाउन जानुपर्ने त हामीले नै हो ! त्यतिबेला भारतले हुँदैन भनिदियो भने हात्ती आयो हात्ती आयो फुस्सा’ उखानको शिकार हुनुपर्नेछ नेपालले । भारतले यो सम्झौता अस्वीकार गरेमा कुरै सिद्धिगयो । उसले ल्याउनुस् ल्याउनुस् भनेमा नेपालमा छिरेर चीन र भारत दुवैलाई तारो हान्ने अमेरिकालाई हामी कसैगरी पनि रोक्न सक्दैनौँ । चारै दिशाबाट तीरहरू आइरहेको समयमा यो एम.सी.सी. लाई ‘भारीमाथिको सुपारी’ नबनाउँ । हामी आउँदा त्यो जहाँ थियो, त्यही कुर्सीमा बसिरहोस् ।

सन् २०१५ देखि प्रक्रियामा रहेको यो एम.सी.सी. संसद्बाट पास गराउन किन हतारो ? त्यसमाथि एम.सी.सी. मा भारतको सहमति हुनुपर्ने दफा पनि छ एउटा । अर्थात् हामीले मारामार गरेर पास गरे भोलि भारतलाई मनाउन जानुपर्ने त हामीले नै हो ! त्यतिबेला भारतले हुँदैन भनिदियो भने हात्ती आयो हात्ती आयो फुस्सा’ उखानको शिकार हुनुपर्नेछ नेपालले ।

सन् २०१५ सम्झौता भएर ०१६-१८ सम्म आनन्दले सुतेको एम.सी.सी. लाई कम्युनिस्ट पार्टीको सरकार भएकै दिन नाक देखाउन किन आउनुप¥यो ? म जस्ताले पनि यस्तो प्रश्न गर्न सक्छु भने मभन्दा क्रान्तिकारीलाई कसरी सम्झाउन सक्छ योे सरकार ? भनौँ अमेरिकालाई – यो सम्झौतामा नेपाली संसद्मा सहमति जुटेन, साथीहरू केही बुँदालाई स्वीकार गर्न मानिरहनुभएको छैन, त्यसैले यसपालि यसलाई थाती राखौँ । पछि फराकिलो दायरामा छलफल गरौँला भनेर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मेलमिलापको बाटो खोजी हिन्दुस्तानको अतिलाई खतिमा पु¥याएर अभूतपूर्व एकताको परिस्थिति उत्पन्न हुने सम्भावना देख्न सक्छु म । त्यसैले एम.सी.सी. पास गर्ने काममा कसैको पनि सिंए नजागोस् ।

आफ्नो वरिपरि कस्तो जाली रुमाल बेरिएको छ भन्ने कुरामा नेपाल कम्युनिस्ट पार्टीका सञ्चालक नेताहरूले बुझ्नुपर्छ । नेपालमा निर्वाचितै भएर कम्युनिस्ट पार्टीको सरकार बनेको भए पनि त्यसलाई देख्न नचाहने एउटा अन्तर्राष्ट्रिय गिरोह नेपाललाई माथि आकाशबाट गिद्धले जसरी हेरिरहेको छ । सरकारका कुनै पनि कामहरू त्यो गिद्धको आँखाबाट लुकेका छैनन् । यस्तो अवस्थामा सरकारको काम हुन्छ– लुरुलुरु काम गरिरहनु । एकपल्टमा एउटा काम प्रमुख हुन्छ भनेर कम्युनिस्ट पार्टीका नेतालाई भनिरहनु नपर्ला । अहिले नै राष्ट्रिय महत्वका एक दर्जनभन्दा बढी काम छन् अलपत्र परेका । जस्तो पुष्पलाल लोकमार्ग, मदन भण्डारी लोकमार्ग, माथिल्लो तामाकोशी, दूधकोेशी, तमोर जलाशय अहिलेसम्म सकिएका छैनन् । पहिले थाती रहेका सडक र जलस्रोतसम्बन्धी काम सिध्याउनेतिर लाग्नुस् अनि नयाँ राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रसारण लाइन, राजमार्गहरूलाई छ अथवा आठ लेन बनाउने कुरा गर्दै गरौँला ।

एम.सी.सी. निःशर्त सहयोग हो, लिनुपर्छ भन्ने असल साथीभाइलाई भनिहालौं, संसारका कुनै पनि धनी राष्ट्रहरू गरिब मुलुकलाई निःशर्त सहयोग दिँदैनन् । यस्तो हुन्थ्यो भने दुनियाँमा लडाइँ झगडा केही हुँदैनथ्यो । तपार्ईंको हित हुने काम किन गर्छ अमेरिकाले ? यो एक्काइसाैं शताब्दीमा अमेरिकामा बाउआमाले सित्तैँमा छोराछोरीलाई समेत केही दिंदैनन् भने नेपाल के हो र सित्तैँमा त्यसबाट सहयोग पाउने ? यो विश्वमा हरेक निःशर्त सहयोगभित्र के छ भनेर नखोज्ने चलन भएको हुनाले गरिब राष्ट्र झन्झन् गरिब हुँदाछन् र शक्ति राष्ट्रहरूमा पैसाको उरुङ लागेको छ ।

एम.सी.सी. निःशर्त सहयोग हो, लिनुपर्छ भन्ने असल साथीभाइलाई भनिहालौं, संसारका कुनै पनि धनी राष्ट्रहरू गरिब मुलुकलाई निःशर्त सहयोग दिँदैनन् । यस्तो हुन्थ्यो भने दुनियाँमा लडाइँ झगडा केही हुँदैनथ्यो । तपार्ईंको हित हुने काम किन गर्छ अमेरिकाले ? यो एक्काइसाैं शताब्दीमा अमेरिकामा बाउआमाले सित्तैँमा छोराछोरीलाई समेत केही दिंदैनन् भने नेपाल के हो र सित्तैँमा त्यसबाट सहयोग पाउने ? यो विश्वमा हरेक निःशर्त सहयोगभित्र के छ भनेर नखोज्ने चलन भएको हुनाले गरिब राष्ट्र झन्झन् गरिब हुँदाछन् र शक्ति राष्ट्रहरूमा पैसाको उरुङ लागेको छ ।

अहिले हामी विद्युत् निर्यात गरेर धनी हुने सपनामा पनि छैनौँ । हामीलाई ढुक्कले २४ घण्टाको बिजुली चाहिएको छ । हामीले जति हाईहाई गरे पनि हाम्रो विद्युत् प्राधिकरणसँग उपत्यकाको लोड धान्ने क्षमता छैन । पहिले त्यो काम गरौँ न, उपत्यकामा पाँच सय मेगावाट उज्यालो निरन्तर पाइयोस् । पछि साँच्चै बिजुलीमय यातायात प्रणाली सुरु भयो भने हजार मेगावाट नै चाहिने हो कि !

सरकार, सांसद, ठूला उद्योपति तथा सम्पूर्ण देशवासीहरू ! हामीलाई केही बेचेर धनी बन्नु छैन । हामी उसै पनि टाट पल्टिसकेका रहेछौँ । गुन्द्रुक र कोदोसमेत विदेशबाट आयात गर्ने हामीलाई गुन्द्रुक र कोदो आयात नगर्ने प्रणाली विकास गर्नुपरेको छ । नेपाललाई सिध्याउने सम्भ्रान्त जुलुसेलाई भन्दिनुस् सबैले– पहिले नेपालीमा लेख्न सिक, नेपालीमा बोल्न सिक, नेपालीमा गाउन र नाच्न सिक । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया