बैसाख २६, २०८३ शनिबार May 9, 2026

लागूऔषध कारोबारमा संलग्न आशंकामा इन्स्पेक्टर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक जना प्रहरी अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन् ।

उनी ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत थिए ।

लागूऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

उनले भने, ‘हिजो पेप्सिकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै जाँदा उहाँसम्म पुगेका हौं ।’

प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद गरेको थियो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पनि शाहीको विषयमा केही बुझ्नु पर्ने भनेर ब्युरोले भनेकाले पठाइएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
२०८३ बैसाख २६, शनिबार
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
२०८३ बैसाख २६, शनिबार