वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

लागूऔषध कारोबारमा संलग्न आशंकामा इन्स्पेक्टर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक जना प्रहरी अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन् ।

उनी ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत थिए ।

लागूऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

उनले भने, ‘हिजो पेप्सिकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै जाँदा उहाँसम्म पुगेका हौं ।’

प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद गरेको थियो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पनि शाहीको विषयमा केही बुझ्नु पर्ने भनेर ब्युरोले भनेकाले पठाइएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार