बैसाख २६, २०८३ शनिबार May 9, 2026

टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६ र आव २०७६/०७७ मा ३९ उजुरी दर्ता भएका हुन् । टोखा नगरपालिका न्यायिक समितिका सदस्य एवं टोखा नगरपालिका–७ का वडासदस्य गोपी पाठकले नगरपालिकामा घरेलु हिंसा, जग्गा जमिन मिचिएको, बाटोको झगडासम्बन्धि बढी उजुरी पर्ने गरेको जानकारी दिएका छन ।

टोखा नगरपालिकाले उजुरी परेका १०६ मध्ये २४ उजुरीको फैसला गरिसकेको छ । यस्तै, मुताविकमा १६, काठमाडौँ जिल्ला अदालत पठाएको पाँच, मेलमिलाप गरिएको २०, लगत कट्टा गरिएको १५ र कारवाही प्रक्रियामा रहेको २६ उजुरी छन् ।

न्यायिक समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले बाँकी मुद्दाको पनि चाँडो टुङ्गो लगाउने गरी नगरपालिकाले काम गरिरहेको बताएका छन । “हामी निरन्तर छलफलमा छौँ, बन्दाबन्दीका कारण र उजुरी परेका केही व्यक्ति नगरपालिकाभन्दा बाहिर रहेकाले केही मुद्दा टुङ्ग्याउन बाँकी छ”, उनले भने ।

टोखा नगरपालिकाको इजलास हप्ताको हरेक सोमबार बस्दै आएको छ । धेरै मुद्दा भएको समयमा लगातार दुई/तीन दिनसम्म समेत इजलास बस्ने गर्दछ । टोखाले अब हप्ताको दुई दिन इजलास बस्ने गरी गृहकार्यसमेत अगाडि बढाएको छ । उपप्रमुख डङ्गोलले नयाँ आर्थिक वर्षको शुुरुआतसँगै सबै मुद्दा टुङ्ग्याउने गरी नगरपालिकाले काम गरिरहेको स्पष्ट पारेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
२०८३ बैसाख २६, शनिबार
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
२०८३ बैसाख २६, शनिबार