असार २३, २०८२ सोमबार July 7, 2025

रुसका राष्ट्रपति पुटिन थप १२ बर्ष सत्तामा रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन थप दुई कार्यकाल शक्तिमा रहने पक्का भएको छ ।

पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा भारी मत परेकाले पुटिन सन २०३६ सम्म रुसको राष्ट्रपति पदमा कायम रहने निश्चित भएको हो ।

झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाले पुटिनलाई थप शक्तिशाली बनाएको छ ।

नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ ।

संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका थिए ।

मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ ।

प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उनले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ ।

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिंदै थियो ।

तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अब सन् २०३६ सम्म सुनिश्चत भएको छ ।

६७ वर्षिय पुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार