असार ९, २०८१ आइतबार June 23, 2024

खुलामा प्रतिस्पर्धा, आरक्षणमा न्यून उत्तीर्ण

आरक्षण कोटामा पहिलो वर्ष माग गरेभन्दा कम उम्मेदवार उत्तीर्ण भएर रिक्त रहेको कोटालाई दोस्रो वर्ष पनि सोही समूहमा जोडेर विज्ञापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २५ गते ।शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षकमा माग गरेकामध्ये ७५९ पद पूर्ति भएको छैन । प्राथमिक तहमा सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकामा सात हजार १२३ जनाको मात्र सिफारिस भएर पदपूर्ति भएको हो ।

आयोगले माग गरे अनुसार नियुक्तिका लागि सिफारिस गर्न नसकेका पद आरक्षित सिटका हुन्, जहाँ आवेदक र प्रतिस्पर्धी नै कम थिए । जब कि खुलातर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारबिच नियुक्तिका लागि चर्को प्रतिस्पर्धा देखिएको छ । आरक्षण कोटामा भने मागभन्दा निकै कम मात्रै उम्मेदवार उत्तीर्ण भएपछि आयोगले ती कोटालाई समेत खुलामा गाभेर पदपूर्ति गर्ने गरेको छ । जसका कारण खुलामा माग गरेभन्दा बढी शिक्षक नियुक्तिका लागि सिफारिसमा पर्ने गरेका छन् ।

आरक्षण कोटामा पहिलो वर्ष माग गरेभन्दा कम उम्मेदवार उत्तीर्ण भएर रिक्त रहेको कोटालाई दोस्रो वर्ष पनि सोही समूहमा जोडेर विज्ञापन गर्ने गर्छ । दोस्रो वर्ष पनि माग गरे अनुसार उम्मेदवार उत्तीर्ण नभएमा उक्त वर्ष रिक्त भएको कोटालाई अर्को वर्ष भने खुला समूहमा जोडेर नियुक्ति सिफारिस गर्ने गरेको आयोगका सूचना अधिकारी कृष्ण ढुङ्गानाले बताउनुभयो ।

“तर खुलामा सीमित कोटामा आवेदन आह्वान गरिए पनि आरक्षण कोटाका रिक्तसमेत जोडेर उम्मेदवार सिफारिस गर्दा भने खुलामा माग गरेभन्दा बढी हुन जान्छ,” ढुङ्गानाले भन्नुभयो ।

कोशी प्रदेशमा खुलातर्फ ५७० पदका लागि विज्ञापन गरिएकामा एक हजार ३७ जना सिफारिस गरिएको छ । तर महिलाका लागि २५७ पदमा विज्ञापन गरिए पनि १५९ जना मात्रै सिफारिस गरिएका छन् । त्यस्तै दलित महिला र मुस्लिम महिला कोटामा क्रमशः १३ र १० पदको विज्ञापन गरिएकामा अन्तिम परीक्षामा एक जना पनि उत्तीर्ण हुन सकेनन् । उक्त प्रदेशमा जनजाति कोटाको ३०४ पदमा विज्ञापनभन्दा कम ९८ जना मात्र नियुक्तिका लागि सिफारिस गरिए ।

त्यहाँ मधेशी कोटामा ३२० विज्ञापन गरिएकामा ५२, दलित कोटाका लागि १५६ पदमा विज्ञापन गर्दा २१ तथा अपाङ्गता कोटामा ८४ विज्ञापन गरिएकामा सात र पिछडिएका क्षेत्रका समुदायका लागि छुट्याइएका ३१ सिटमध्ये चारमा मात्र सिफारिसमा परेका छन् ।

मधेश प्रदेशमा खुलातर्फ ३७३ को विज्ञापनमा ४८१ जना मात्र नियुक्तिको सिफारिसमा परे । तर महिला कोटामा २४२ विज्ञापन गरिएकामा २०५ जना, दलित महिलामा नौ र मुस्लिम महिलामा तीन पदमा विज्ञापन गरिएकामा क्रमशः तीन र दुई जना मात्रै नियुक्तिको सिफारिसमा परे ।

जनजाति कोटामा २०६ विज्ञापन गरिएकामा १४४ तथा मधेशी कोटामा १६७ पदमा विज्ञापन गरिएकामा १४८ जनाको मात्र सिफारिस भएको छ ।

यहाँ दलित कोटामा ७० पदमा २९, अपाङ्गताको ३८ मा १३ तथा पिछडिएको क्षेत्रमा २९ मा २२ जना मात्रै सिफारिस भए ।

बागमती प्रदेशमा खुलामा ५०१ पदमा ७९२, महिला कोटामा १७३ पदका लागि १३९ जना र दलित महिला र मुस्लिम महिलाका लागि आठ र सात पदमा विज्ञापन गरिएकामा क्रमशः सात र दुई जना नियुक्तिका लागि सिफारिस भएका छन् ।

जनजाति कोटामा २०७ पदका लागि १४७, मधेशी कोटामा २८१ का लागि ४४, दलित कोटामा ११५ का लागि ३६, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रका लागि क्रमशः ५३ र ३७ कोटामा क्रमशः १९ र २६ जना मात्रै नियुक्ति सिफारिसमा परेका छन् ।

गण्डकीमा खुलातर्फ ७२६ मा ९२३ सिफारिस गरिएको छ । यहाँ महिलातर्फ १९१ कोटाका पदमा १६८ र दलित महिला र मुस्लिमका लागि क्रमशः पाँच र तीन कोटा छुट्याइएकामा व्रmमशः चार र तीन जना मात्रै सिफारिसमा परे । त्यस्तै जनजातितर्फ २१९ मा १५६, मधेशीतर्फ २३१ मा ११८, दलिततर्फ ८२ मा ५५, अपाङ्गता भएका समुदायका लागि ५० मा ३० जना र पिछडिएका क्षेत्रका लागि २९ कोटा छुट्याइएकामा २१ जना सिफारिसमा परे ।

लुम्बिनी प्रदेशमा खुलातर्फ ४२० मा ५८९, महिलातर्फ ११८ मा ११२, मुस्लिम महिलातर्फ चार पदमा एक तथा दलित महिलाका लागि एक कोटा छुट्याउँदा एक जना नै नियुक्तिका लागि सिफारिस गरिएको छ ।

यहाँ जनजातितर्फ १४० मा १०९, मधेशीतर्फ १६८ मा दलिततर्फ ७४ कोटा छुट्याउँदा ४१ जना, अपाङ्गता भएका क्षेत्रका लागि ४३ कोटा छुट्याउँदा २२ र पिछडिएका क्षेत्रका लागि १८ कोटा छुट्याउँदा १० जना मात्रै सिफारिसमा परे ।

कर्णाली प्रदेशमा खुलातर्फ २४६ मा ३८२, महिलातर्फ ९० मा ७१, दलित महिलातर्फ दुईमा एक जना तथा मुस्लिम महिलातर्फ एक कोटामा कोही पनि सिफारिसमा पर्न सकेनन् । जनजातितर्फ ९६ मा ५५, मधेशीतर्फ ९० मा ११, दलिततर्फ ३३ मा १७, अपाङ्गता भएका समूहका लागि १७ मा १४ र पिछडिएका समुदायका लागि सात वटा कोटा छुट्याएकामा सात जना नै सिफारिसमा परेका छन् ।

सुदूरपश्चिम प्रदेशमा खुलातर्फ १७९ मा २९७, महिला कोटामा ५७ मा ५४, दलित महिलातर्फ चारमा एक सिफारिस भए तर मुस्लिम महिलातर्फ एक कोटामा कोही पनि सिफारिसमा पर्न सकेनन् । उक्त प्रदेशमा जनजातितर्फ १०२ मा ७५, मधेशीतर्फ ११७ मा ३१, दलित समुदायतर्फ ३४ मा १९, अपाङ्गता भएका व्यक्तितर्फ १७ आरक्षित पदमा १५ तथा पिछडिएका क्षेत्रका लागि तीनमा दुई जना सिफारिस भए ।

दुई चरणको परीक्षा

शिक्षक नियुक्तिका लागि आयोगले सामान्य र विषयगत गरी दुई चरणको परीक्षा सञ्चालन गर्ने गर्छ । पहिलो चरणमा अनुत्तीर्ण हुने परीक्षार्थी दोस्रो चरणमा सहभागी हुन पाउँदैन । आयोगका प्रशासकीय प्रमुख शिवकुमार सापकोटाले अनुत्तीर्ण परीक्षार्थी केही पहिलो चरण र केही दोस्रो चरणको परीक्षामा अनुत्तीर्ण हुने गरेको जानकारी दिनुभयो ।

समावेशी समूहबाट अनुत्तीर्ण हुने धेरै रहेको जानकारी दिँदै सापकोटाले भन्नुभयो, “समावेशी समूहबाट प्रतिस्पर्धा गर्नेमध्ये कमजोर उम्मेदवारका लागि राज्यबाटै विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।” तर समावेशी समूह भनेको सीमित प्रतिस्पर्धीबिच मात्रै हुने भएकाले स्वयं प्रतिस्पर्धीले पनि मेहनत गर्नुपर्ने सापकोटाले बताउनुभयो । गत वर्ष आरक्षण कोटामा सिफारिस हुन नसकेका पद सङ्ख्या खुलातर्फ गाभिने आयोगले जनाएको छ ।  प्राथमिक तहमा कोशी प्रदेशमा सबैभन्दा बढी पद रिक्त रहे ।

जहाँ एक हजार ७४५ पदका लागि विज्ञापन गरिएकामा एक हजार ३७८ मा मात्रै पदपूर्ति भएको छ । त्यस्तै मधेश प्रदेशमा एक हजार १३७ मा एक हजार ४७ सिफारिस भएका छन् । बागमती प्रदेशमा रिक्त एक हजार ३८२ पदमा एक हजार २१२ जनाको मात्रै सिफारिस भएको आयोगले जनाएको छ । गण्डकी प्रदेशमा एक हजार ५३६ मध्ये एक हजार ४७७ जना मात्रै सिफारिस भएको छ । सो प्रदेशमा ५९ पद रिक्त छन् । लुम्बिनी प्रदेशमा ९८६ माग भएकामा ९५७ जना मात्रै सिफारिस हुँदा २९ पद र कर्णाली प्रदेशमा ५८२ का लागि विज्ञापन गरिएकोमा ५५८ सिफारिस हुँदा २४ पद रिक्त छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ५१४ पदमा विज्ञापन भएकामा ४९४ पदमा सिफारिस हुँदा २० पदमा पूर्ति हुन सकेन । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युराे कपमा आज स्विट्जरल्यान्ड र जर्मनी तथा स्कटल्यान्ड र हङ्गेरी खेल्दै
२०८१ असार १०, सोमबार
कर्णाली नदीमा पुल नबन्दा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेन
२०८१ असार ९, आइतबार
कित त्यागे सुशील प्याकुरेलले राजदुत पद ?
२०८१ असार ९, आइतबार
लीलादेवी गतडौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी
२०८१ असार ९, आइतबार
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु
२०८१ असार ९, आइतबार
लोकतन्त्रका लाभहरु सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री
२०८१ असार ९, आइतबार
आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको संयोजकत्वमा समिति गठन
२०८१ असार ९, आइतबार