असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना भाइरसबाट विश्वमा ४ लाख ९१ हजार भन्दा बढीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९१ हजार ९ सय १ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९७ लाख १७ हजार ५३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५२ लाख ५३ हजार ६ सय २५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३९ लाख ७३ हजार ५ सय २७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३ सय ९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २५ लाख ४ हजार ६ सय ७६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २६ हजार ७ सय ८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १९ लाख ८६ हजार २ सय १ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७७ हजार ८ सय ८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख १९ हजार ७ सय २५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६३ हजार १ सय ६४ जनाको मृत्यु भएको छ ।

युरोपमा २३ लाख ७३ हजार २ सय ३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८९ हजार ५ सय ३ को मृत्यु भएको छ । एसियामा २० लाख ७७ हजार १ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५२ हजार ९१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ५० हजार ८ सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार १ सय ४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २ सय २४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २६ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार