भाद्र २९, २०८३ सोमबार September 14, 2026

रड प्रहार गरी बुबाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । आफ्नै ५५ वर्षीय बुबा चन्द्रबहादुर बिकलाई रड प्रहार गरी हत्या गरेको आरोपमा नुवाकोट लिखु गाउँपालिका-६, कालीमाटी बस्ने २६ वर्षीय बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादका कारण गत मंगलबार राति बिनोदले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका उनको बुबाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया