असार २३, २०८२ सोमबार July 7, 2025

टर्की अदालतद्वारा १ सय २१ व्यक्तिलाई आजीवन कारावासको सजाँय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: टर्कीको एक अदालतले सन् २०१५ मा राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सत्ताच्युत गर्ने प्रयासमा भाग लिएको अभियोगमा १ सय २१ व्यक्तिलाई आजीवन कारावास सुनाएको सरकारी समाचार संस्था, अनादोलु न्यूज एजेन्सीले जनाएको छ ।

सरकारी आनादोलु समाचार एजेन्सीले भनेको छ, “अङ्करास्थित उक्त अदालतले राज्यविद्रोहमा सम्लग्न ८६ जनालाई ‘संविधानको उल्लङ्घन गर्ने प्रयास’ गरेको आरोपमा ‘कडा’ आजीवन कारावासको सजाय सुनाएको छ । सोही अपराधको लागि अन्य ३५ जनालाई आजीवन कारावासको सुनाइएको छ ।” आजीवन काराबासको सजाय सुनाइएकामध्ये ८६ जनालाई काराबासमा रहँदा पालना गर्नुपर्ने कडा सर्तहरू तोकिएको समाचारमा उल्लेख छ ।

टर्कीमा सन् २०१६ मा राष्ट्रपति रेसेप तैयप एर्दोगान र उहाँ नेतृत्वको प्रशासनलाई सत्ताच्युत गर्ने योजनासहित भएको उक्त असफल प्रयासका क्रममा कम्तीमा ३ सय जनाको मृत्यु भएको र २ हजार १ सय व्यक्ति घाइते भएका थिए । सरकारले उक्त असफल प्रयास टर्कीका धार्मिक नेता मोहम्मद फेतुल्ला गुलेनको योजना र निर्देशनमा भएको दावी गरेको थियो भने उहाँले यसमा आफ्नो कुनै सम्लग्नता नरहेको दावी गर्दै आउनुभएको छ ।

उक्त आक्रमणमा सम्लग्न रहेको आरोपमा एर्दोगान प्रशासनले टर्कीमा सरकारी, गैर–सरकारी तथा निजी क्षेत्रमा कार्यरत कैयौँ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

घटनालाई लिएर सरकार पक्षले गुलेनका पक्षधर दावी गरेका कम्तीमा १० हजार सैनिक, २ हजार ७ सय ४५ न्यायाधीश, १५ हजार शैक्षिक क्षेत्रमा कार्यरत कर्मचारी, २१ हजार शिक्षकलगायत गरी कम्तीमा ७७ हजार व्यक्तिलाई पक्राउ गरेको र १ लाख ६० हजार व्यक्तिलाई जागिरबाट वर्खास्त गरेको विपक्षी दलहरूले बताउँदै आएका छन् ।

यसै मुद्दामा हजारौ सरकारी अधिकारीहरूले पदबाट बाहिरिनु परेको गुलेनका अनुयायीहरू तथा विपक्षी दलहरूले दावी गर्ने गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार