बैसाख ६, २०८२ शनिबार April 19, 2025

फ्रान्सेली प्रधानमन्त्री अट्टलले म्याक्रोँको चुनावी अभियानको नेतृत्व गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेरिस, जेठ ३० गते । फ्रान्सका प्रधानमन्त्री इम्यानुएल म्याक्रोँले मध्यावधि निर्वाचनको आह्वान गरेपछि प्रधानमन्त्री गेब्रियल अट्टलको शङ्कास्पद मौनता तोडिएको छ । अनुभवको कमीको बाबजुद, अट्टलले आफ्नो नियुक्तिपछि आफूलाई राष्ट्रपतिको एक प्राकृतिक सञ्चारकर्ताको रूपमा देखाउनुभएको छ । केही हदसम्म म्याक्रोँँको सम्भावित उत्तराधिकारीको रूपमा पनि हेरिएको छ ।

३५ वर्षीय अट्टल फ्रान्सका सबैभन्दा कान्छा प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यो अभियानप्रति पूर्ण प्रतिबद्धता जनाए पनि यदि म्याक्रोँको प्रधानमन्त्री परिवर्तन गर्ने निर्णय आएमा उहाँ सबैभन्दा कम सेवा गर्ने प्रधानमन्त्रीमध्ये एक हुनेछन् ।

युरोपेली चुनावमा अति दक्षिणपन्थी गठबन्धनसँग म्याक्रोँको पार्टी पराजित भएपछि सुरुमा लड्ने कुनै इच्छा नभएको बताइए पनि राष्ट्रपति म्याक्रोँलाई फ्रान्सेली विधायिका निर्वाचन अभियान चलाउनुपरेको छ ।

सामान्यतया फ्रान्सेली सञ्चारमाध्यममा सर्वव्यापी रहेका अट्टल सोमबार निर्वाचनको घोषणापछि एयरवेभमा स्पष्ट रूपमा अनुपस्थित हुनुहुन्थ्यो । म्याक्रोँले आइतबार टेलिभिजनमा सम्बोधन गर्दै निर्वाचनलाई स्तब्ध पार्ने कदमको संज्ञा दिँदा अट्टलले कुनै टिप्पणी गर्नुभएन ।

उहाँले म्याक्रोँको एक्समा गरेको सम्बोधनलाई पुनः पोष्ट मात्र गर्नुभयो भने ब्रिफिङका लागि माटिग्नोन प्रधानमन्त्रीको निवासमा राखिएको लेक्चर कहिल्यै प्रयोगमा आएन ।

युरोपेली चुनावको परिप्रेक्षमा मध्यावधि चुनावको सम्भावनाको बारेमा प्रारम्भिक छलफलबाट टाढा रहेका अट्टलले म्याक्रोँलाई ‘खतरनाक’ जोखिमको बारेमा चेतावनी दिनुभएको थियो । अट्टललाई निर्णयबारे अन्तमा सूचित गरिएको थियो ।

आइतबार साँझ एलीसी प्यालेसमा सत्तारुढ दलका नेतासँग भएको भेटमा अट्टलले आफू सरकारबाट राजीनामा दिन तयार रहेको तर राष्ट्रपतिको निर्णयलाई समर्थन गरेको बताउनुभएको एक सहभागीले बताए ।

प्रसारणकर्ता बीएफएमटिभीका अनुसार उहाँले म्याक्रोँलाई राजीनामा दिएर संसद् विघटन गर्नबाट रोक्न प्रयास गर्नुभएको थियो तर उहाँको प्रयास सफल हुन सकेन ।

“मलाई जे भनिएको छ म त्यही गर्छु,” उहाँले सोमबार आफ्ना एक वार्ताकारसँग बताउनुभयो । नाम नबताउने सर्तमा स्रोतले एएफपीलाई भन्यो, “राष्ट्रपतिलाई अस्वीकार गरिएको छ भन्ने थाहा भए पनि अब उहाँ चुनाव प्रचारमा जान लाग्नुभएको छ ।”

सत्तासीन दलका प्रमुख भ्यालेरी हायरलाई उछिन्न खोजेको आरोप खेपिरहेका अट्टलले युरोपेली चुनावी अभियानमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

नेता जोर्डन बार्डेलासँग भएको बहसमा उहाँलाई व्यापक रूपमा पछ्याइएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार