असार ३०, २०८१ आइतबार July 14, 2024

भारतीय सेना प्रमुखमा उपेन्द्र द्विवेदी नियुक्त

आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः भारतीय सेनाका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्ने भएका छन् ।

हाल भारतीय सेनाका उपप्रमुख रहेका द्विवेदीलाई आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने गरी भारत सरकारले सेना प्रमुखमा नियुक्त गरेको हो । वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन् ।

गत महिना भारत सरकारले जनरल पाण्डेको पदावधि एक महिना बढाएको थियो । मे ३१ मा अवकाश पाउँदै गरेका पाण्डेको कार्यकाल १ महिना ६ दिन बढाइएको थियो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार सन् १९६४ मा जन्मिएका उपेन्द्र द्विवेदी सन् १९८४ मा सैनिक सेवा प्रवेश गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया