असार २२, २०८२ आइतबार July 6, 2025

न्यू क्यालेडोनियाको मतदान सुधारबाट पछि हट्यो फ्रान्स

फ्रान्सेली सरकारको यो निर्णयले स्थानीय जनता आक्रोशित हुदै प्रदर्शनमा उत्रिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले न्यू क्यालेडोनियामा लागू भएको मतदान सुधारलाई निलम्बन गरेको घोषणा गरेका छन् । यी मतदान सुधारहरूको कारणले गर्दा हालै क्यालेडोनियामा गम्भीर हिंसा भड्किएको थियो । न्यु क्यालेडोनिया, हिन्द प्रशान्त महासागरका पाँचवटा टापु क्षेत्रहरू मध्ये एक हो, जुन फ्रान्सद्वारा प्रशासित छ ।

मतदान सुधारलाई लिएर ठूलो विवाद भएको थियो । फ्रान्सले भर्खरै न्यू क्यालेडोनियामा मतदानको सन्दर्भमा केही सुधार गरेको थियो । न्यू क्यालेडोनियामा मतदान गर्ने अधिकार १९९८ भन्दा पहिले न्यू क्यालेडोनियामा बस्ने मानिसहरूलाई मात्र सीमित थियो । यस कानूनको उद्देश्य क्यालेडोनियामा बसोबास गर्ने मूल निवासी र अल्पसंख्यक कनक समुदायलाई बढी प्रतिनिधित्व दिनु थियो । तर, पेरिसले यो व्यवस्थालाई अलोकतान्त्रिक मान्दै र फ्रान्सेली संसदले कानूनमा सुधार गर्दै १० वर्षसम्म क्यालेडोनियामा बसोबास गर्ने मानिसहरूलाई मतदान गर्ने अधिकार दिने निर्णय गरेको थियो ।

फ्रान्सेली सरकारको यो निर्णयले स्थानीय जनता आक्रोशित हुदै प्रदर्शनमा उत्रिएका थिए । स्थानीय मानिसहरूले यो निर्णयले उनीहरूलाई सीमान्तीकृत गर्ने र क्यालेडोनियामा आफ्नो प्रभाव गुमाउने डर रहेको बताएका छन् । क्यालेडोनियामा पनि फ्रान्सबाट स्वतन्त्रताको मागले गति लिइरहेको छ । हिंसा भड्किएपछि राष्ट्रपति म्याक्रोनले क्यालेडोनियाका प्रतिनिधिहरूलाई छलफलका लागि पेरिसमा आमन्त्रित गर्दै वार्ताबाट समाधान खोज्ने कुरा गरेका थिए । तर अब राष्ट्रपति म्याक्रोनले यी सुधारहरू स्थगित गर्ने निर्णय गरेका छन् ।

न्यू क्यालेडोनियामा मतदान सुधारको विरोधमा भएको प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । हिंसाका कारण क्यालेडोनियाका विद्यालय, कलेज र विमानस्थल बन्द गर्नुका साथै राजधानी नोउमामा कर्फ्यू लगाइएको थियो । त्यसयता कैयौँ छिटपुट हिंसाका घटना भएका छन् ।

न्यू क्यालेडोनिया अस्ट्रेलियाबाट करिब १५०० किलोमिटर पूर्वमा अवस्थित छ । यहाँको जनसंख्या २ लाख ७० हजार रहेको छ । जसमध्ये ४१ प्रतिशत मेलानेसियन कनाक र २४ प्रतिशत युरोपेली मूलका मानिस छन् । यो टापु बेलायती अन्वेषक जेम्स कुकले पत्ता लगाएका थिए र यसलाई फ्रान्सले सन् १८५३ मा आफ्नो नियन्त्रणमा लिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार