असार २३, २०८२ सोमबार July 7, 2025

भारत-चीन युद्धको तयारीमा जुट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  लद्दाखस्थित गलवान घाँटीमा हालै भएको संघर्षपछि भारत र चीनबीच तनाव बढेको छ। सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ।

सन् १९९६ को सम्झौतामा उल्लेख भएअनुसार दुवै देशलाई वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा हतियार प्रयोग गर्न निषेध गरिएको छ। त्यसैले चीनले आफ्ना लडाकुलाई सैनिक तालिम दिनका लागि तिब्बती लडाकुलाई पनि भर्ना खोलेको छ।

तिब्बती लडाकुहरू परम्परागत युद्धमा माहिर हुन्छन्। उनीहरू लट्ठी, भाला, डन्डा तथा रडले युद्ध गर्न सिपालु मानिन्छन्। यही माध्यमबाट चीनले अब भारतसँग युद्ध गर्ने तयारी गरिरहेको छ। पिपुल्स डेलीको रिपोर्टअनुसार तिब्बतको पठार इलाकामा बसोबास गर्ने यी लडाकुले चिनियाँ सैनिकलाई विभिन्न हतियारले युद्ध गर्नका लागि तालिम पनि दिइरहेका छन्।

भारत र चीनले दुवै देशबीचको आपसी विश्वास बढाउन सन् १९९६ र सन् २००५ मा सम्झौताहरू गरेका थिए। सम्झौताअनुसार दुवै देशका सैनिक गस्तीको समयमा आमनेसामने भए पनि गोली चलाउन निषेध गरिएको थियो। यसका साथै दुवै देशका सेनाले गस्तीको समयमा एलएसीको दुई किलोमिटरसम्म आफ्नो राइफलको ब्यारललाई जमिनतिर झुकाएर राख्नुपर्ने नियम राखिएको थियो। बिनासूचना एलएसीको १० किलोमिटरभित्र दुवै देशका सैन्य विमानको उडानलाई पनि प्रतिबन्ध लगाइएको थियो।

यही सम्झौताले गर्दा नै सन् १९७५ यता एलएसीमा शान्ति कायम थियो। आजसम्म दुवै देशबीच त्यस्तो घटना भएको थिएन। तर, अहिले उक्त सम्झौताविपरीत कदम चालिएको भन्दै दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन्। भारतले पनि अहिले स्थिति हेरेर हतियार चलाउन आफ्ना कमान्डरलाई आदेश दिएको केही भारतीय सञ्चार माध्यमले जनाएका छन्। चीनले पनि सीमामा धेरै तोप, ट्यांकर र अन्य हतियार तयारी अवस्थामा राखेको छ। त्यसैगरी भारतले चीनको सीमा नजिक तैनाथ स्थल र वायु सेनालाई सचेत गराएको छ। भारतीय नौसेना पनि हिन्द महासागर क्षेत्रमा लगातार गस्तीमा रहेका जनाइएको छ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार