श्रावण ३, २०८२ शनिबार July 19, 2025

हुथी समूहद्वारा ढुवानी जहाजमा बारम्बार मिसाइल आक्रमण

होडेडा बन्दरगाहबाट करिब ८० नटिकल माइल उत्तरपश्चिम लालसागरमा व्यापारिक जहाज नजिकै विस्फोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुबई, जेठ ३२ गते । यमनका हुथी विद्रोहीहरूले बिहीबार एडनको खाडीमा बल्क कार्गो क्यारियरमा दुई क्रुज मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ।

“एम/भि भर्बेना–पलाउआन–झण्डा भएको, युक्रेनी स्वामित्वमा रहेको, पोल्यान्डद्वारा सञ्चालित जहाजमा क्षति र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको छ । आक्रमणको क्रममा एक जना जहाज सञ्चालक गम्भीर घाइते हुनुभएको छ’’, युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक विज्ञप्तिमा जानकारी गरायो ।

हुथीहरूले गाजापट्टीमा चलिरहेको इजरायल–हमास युद्धको क्रममा प्यालेस्टिनीहरूसँग एकतामा रहेको बताउदै नोभेम्बर २०२३ देखि लालसागर र एडनको खाडीमा पानीजहाजहरूलाई लक्षित आक्रमण गर्दै आएका छन् । यसले अन्तर्राष्ट्रिय ढुवानीमा ठुलो अवरोध ल्याएको छ ।

हुथि समूहले बिहीबार गाज पट्टीमा जनताविरुद्ध गरिएको अपराधको प्रतिशोधमा र आफ्नो देशविरुद्धको अमेरिकी–ब्रिटिश आक्रमणको प्रतिक्रियामा विगत २४ घण्टाभित्र भर्बेनासहित तीनवटा जहाजमा आक्रमण गरेको बताएका छन् ।

यसैबिच संयुक्त राज्य मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले यमनको विद्रोहीको कब्जामा रहेको होडेडा बन्दरगाहबाट करिब ८० नटिकल माइल उत्तरपश्चिम लालसागरमा व्यापारिक जहाज नजिकै विस्फोट भएको बताएको छ ।

सेन्टकमका अनुसार पछिल्लो २४ घण्टामा हुथीहरूसँग सम्बन्धित एक एयर डिफेन्स सेन्सर, दुई गस्ती डुङ्गाहरू र समुद्री र हवाई ड्रोनहरू नष्ट गरेको बताइएको छ ।

सन् २०१४ मा सानाबाट सरकारलाई अपदस्थ गरेपछि हुथीहरूले नोभेम्बरदेखि लाल सागर र एडनको खाडीमा ढुवानी जहाजहरूमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेका हुन् ।

हुथीहरूले बुधबार होडेडाको दक्षिणपश्चिममा लाइबेरियाको झण्डा भएको बल्क ढुवानी जहाजलाई प्रहार गरेका थिए । उनीहरूले हमलामा समुद्री र हवाई ड्रोनका साथै ब्यालेस्टिक मिसाइलहरू प्रयोग गरेको दाबी गरेका छन् ।

“गाजामा प्यालेस्टिनीहरूको पक्षमा रहेको दाबी गर्दै द्वन्द्वसँग कुनै सम्बन्ध नभएका तेस्रो देशका नागरिकहरूको जीवनलाई लक्षित आक्रमण र धम्की दिइरहेका छन्“ सेन्टकमले बिहीबार हुथीहरूलाई आरोप लगायो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार