भाद्र २८, २०८३ आइतबार September 13, 2026

काँग्रेस पदाधिकारी बैठक आइतबार बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने तय भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका महामन्त्री डा. शसांक कोईरालाले  जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने बताईएको छ ।

विश्व महामारी कोभिड-१९ सङ्क्रमणका कारण आगामी पार्टीको १४औँ महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।

काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया