असार २०, २०८२ शुक्रबार July 4, 2025

नेकपा स्थायी कमिटी बैठक: वार्ता नै भूमि फिर्ता ल्याउने माध्यम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विभिन्न नेताले भारतद्वारा अतिक्रमित भूूमि फिर्ता ल्याउन राष्ट्रिय सहमतिका आधारमा वार्ता प्रक्रिया अगाडि बढाउन पार्टी तथा सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवासमा जारी नेकपाको स्थायी कमिटीमा शनिबार विभिन्न नेताले नेपाली भूूमि फिर्ता ल्याउन वार्ता गर्न सुझाव दिनुभएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाको स्थायी कमिटी बैठकमा नक्सा र सीमा विवादको कार्यसूचीमा छलफल भइरहेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार शनिबारको बैठकमा नेपालको सीमा समस्या र समाधानका बारेमा २१ नेताले आ-आफ्ना विचार व्यक्त गर्ने क्रममा नक्सा प्रकाशित गरेर संविधानको अनुसूचीमा समेत राखेको र राष्ट्रको सार्वभौमिकता, अखण्डता रक्षाका सम्बन्धमा सरकारले गरेको पहल कोसेढुङ्गा सावित भएको धारणा राखेको बताए ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गरी नक्सा अध्यावधि गरिसकेपछि वार्ता र छलफलको माध्यमबाट नेपालको भूमि भारतबाट फिर्ता ल्याउन सुुझाव दिनुुभयो । पार्टी र सरकारले नयाँ नक्सा बनाएर ऐतिहासिक काम गरेको बताउँदै उहाँले अबको काम भूमि फिर्ता र नेपाली भूमिबाट भारतीय सेना हटाउने कार्यसूची रहेको स्पष्ट पारेको खबर गोरखापत्रमा प्रमुखताका साथ छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार