जेठ ७, २०८१ सोमबार May 20, 2024

‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ यस वर्ष शिक्षक मासिकलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले रु एक लाख राशिको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ यस वर्ष शिक्षक मासिकलाई दिने निर्णय भएको छ ।

काठमाडौँ विश्व विद्यालयअन्तर्गत रहेको शिक्षा केन्द्रका अध्यक्ष एवं विश्व विद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माका अनुसार नेपालको सार्वजनिक शिक्षाको स्तरवृद्धिका निम्ति शिक्षक मासिकले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरी पुरस्कार दिने निर्णय गरिएको हो । रु एक लाख नगद र सम्मानपत्र सहितको यो पुरस्कार हरेक दुई-दुई वर्षमा दिने गरिन्छ ।

दिवङ्गत शिक्षाविद् तथा फ्रान्सका लागि पूर्व नेपाली राजदूत उप्रेती विसं २०१० मा गठित पहिलो शिक्षा आयोगमा सदस्य सचिवका रूपमा नेपालको शैक्षिक योजना र विकासको जग निर्माणमा क्रियाशील हुनुहुन्थ्यो ।

शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षासम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदान गर्ने उद्देश्यले विगत १३ वर्षदेखि सो पत्रिका नियमित रूपमा प्रकाशित हुँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया