असार २५, २०८२ बुधबार July 9, 2025

शेयर बजार भोलिदेखि पुनः सञ्चालनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोना भाईरस पश्चात लागेको लकडाउनका कारण गत चैत ११ देखि बन्द अवस्थामा रहेको शेयर बजार भोलिबाट पुनः सञ्चालनमा आउने भएको छ ।

लकडाउनका कारण बन्द भएको सेयरबजार सोमबारबाट शुक्रबार अध्ययन समितिले बजार खुलाउन सक्ने प्रतिवेदन शार्वजनिक गरेसँगै आगामी मंगलबार बजार खुलाउने भनिएपनि सोमबारबाटै बजार खुलाउने निणर्य भएको हो ।

आइतबार धितोपत्र बोर्ड सेबोनले नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिदै भोलिबाट नै सेयरबजार सञ्चालन गर्न भनेको छ ।

शनिबारमात्रै बोर्डले अब कुनैपनि माग राखेर बजार बन्द गर्न नपाउने पत्रमा लगानीकर्तालाई सहमत गराएर हस्ताक्षर गराएको थियो । बोर्डले त्यसको भोलिपल्टै सेयर खुलाउने बोर्डले निणर्य गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया