असार २२, २०८१ शनिबार July 6, 2024

नेकपा एकीकृत समाजवादी तत्काल सरकारबाट नबाहिरिने

नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले तत्काल राजिनामा नदिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादी तत्काल सरकारबाट नबाहिरिने भएको छ । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले तत्काल राजिनामा नदिने भएका हुन् ।

एसबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छन् । सहरी विकास मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मतका लागि प्रयास गर्ने बताएपछि समाजवादीका मन्त्रीले सरकारलाई साथ दिने भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया