श्रावण १३, २०८३ बुधबार July 29, 2026

अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खायो

राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले प्रहरीमा हराएको उजुरी दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिए ।

प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक र वन विभागको विशेष टोली गठन गरेको थियो । प्रहरीले बुधबार साँझ स्विमिङ पुल नजिक बालिकाको रगतले लतपतिएको लुगा फेला पारेको थियो ।

त्यसपछि पूरै क्षेत्रमा त्रास फैलियो । प्रहरीले बिहीबार बिहानदेखि खोजी कार्यलाई तीव्र पारेको थियो । यसपछि केही दूरीमा बालिकाको शव फेला परेको थियो ।

बिहीबार बिहानै उक्त क्षेत्रमा गोही देखेको प्रहरीले जनाएको छ । त्यसपछि वन विभागको टोलीले स्विमिङ पुल नजिकै गोहीको सङ्केत पाएपछि बालिकालाई गोहीले खाएको प्रष्ट भएको थियो ।

बालिकाका परिवारका अनुसार उनीहरु बिदा मनाउन पलुम्पा आएका थिए । यस अवधिमा उनले बालिकाका लागि पौडी खेल्ने कक्षा सञ्चालन गरेका थिए । पालुम्पाका मुख्यमन्त्री इभा ललरले यस घटनाप्रति दुःख व्यक्त गर्दै यो घटनाले हृदयविदारक भएको बताइन्। उनले गोहीबाट जनतालाई जोगाउन अझै पहल गर्न बाँकी रहेको बताइन् ।

उनले उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको बताउदै यसलाई रोक्न आवश्यक रहेको बताएकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार