असार २३, २०८१ आइतबार July 7, 2024

सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको तयारी

सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजै मन्त्रीहरूले राजीनामा दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने भएको छ । सँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश संसदीय दलले नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।

प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजै मन्त्रीहरूले राजीनामा दिने बताए । एमालेका तर्फबाट सुदूरपश्चिम सरकारमा तीन जना मन्त्री छन् ।

मुख्यमन्त्री सोडारी धनगढी बाहिर भए पनि समर्थन फिर्ता लिएको र मन्त्रीले राजीनामा दिएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिने उनले बताए ।

केन्द्रमा काँग्रेस र एमालेको नयाँ समीकरणमा सरकार बन्ने भएपछि सुदूरपश्चिममा पनि दुवै पार्टीले सरकार गठनबारे समेत छलफल गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया