असार २३, २०८१ आइतबार July 7, 2024

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : महासचिव भुसाल

कांग्रेस–एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस–एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन्।

उनले संविधान संशोधनको बारेमा दुवै दलले स्पष्ट व्याख्या नगरेको र आफूहरुसँग पनि कुनै छलफल नगरेको बताए।

महासचिव भुसालले जारी महाधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन्। एकीकृत समाजवादीले नेतृत्व चयन सर्वसम्मत गर्न निर्वाचन प्रकृया अझै शुरु गरेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया