असार २३, २०८१ आइतबार July 7, 2024

मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

रास्वपा सभापति रवि लामिछानेमाथि प्रश्नैप्रश्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक भएको प्रतिवेदनमा सभापति रवि लामिछानेमाथि प्रश्नैप्रश्न गरेका छन्।

समीक्षा यात्राको प्रतिवेदनमा उनले पार्टी एलिट वर्गको कब्जामा गइसकेको र पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको पनि उल्लेख गरेका छन्। चेसमा रानी नचल्ने भएपनि रवि लामिछाने एकदमै धेरै चलेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमार्फत उनले जीबी राईलाई समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको भनि जनताको प्रश्न स्मरण गराएका छन्।

प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको तथा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले ढकाललाई सात दिनका लागि निलम्बन गरेको छ।

पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया