भाद्र २७, २०८३ शनिबार September 12, 2026

कोरोनाका कारण सुदूरपश्चिममा ६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वमहामारी (कोभिड-१९) कोरोना भाइरसका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा ६ जनाको ज्यान गएको छ ।

शनिबार मात्रै कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

भारतबाट रोजगारी गरी घर फर्किएका स्थानीयमा कोरोना संक्रमण देखिन थालेको हो । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया