काठमाण्डौंः शुभ–अशुभ घटना हुन अगावै केही संकेतले यसको लक्षण देखाउने धार्मिक मान्यता छ । यी संकेत कैयौँ प्रकारले प्राप्त हुन सक्छ । अङ्ग फरफराउनु, केही खास सपना देख्नु पनि पर्दछ । ज्योतिष शास्त्रमा आँखा फरफराउँदा हुने केही संकेतका बारेमा चर्चा गरिएको छ ।
आँखा फरफराउँदा महिला र पुरुष दुबैमा अलग अलग अर्थ हुने गर्दछ । पुरुषको दाँया आँखाको माथिल्लो भाग फरफराउँदा लाभको संकेत मानिन्छ । साथै धन लाभ हुने संभावना हुने ज्योतिषको मान्यता छ । तर आँखाको मुनीको भाग फरफराएमा यसले अशुभ घटनाको संकेत गर्ने मान्यता छ ।
महिलामा भने दाँया आँखा फरफराउनु अशुभ मानिन्छ । महिलाका लागि बायाँ आँखा फरफराउँदा शुभ घटनाको पूर्व सूचना मानिनछ । तर पुरुषको बायाँ आँखा फरफराएमा उनीहरूको मानमा हानी हुने संकेत मानिन्छ । महिलामा भने यसले सफलता संकेत गर्दछ ।
यदि दुवै आँखा एकसाथ फरफराएमा पुराना टाढिएका मित्रसँग भेट हुने संकेत मानिन्छ । यो संकेत महिला–पुरुष दुबैमा समान हुन्छ ।
आँखा फरफराउनुका कारण
१) ईडियोपेथिक (बिनाकारण )
२) तनाव
३) थकान
४) आँखाको दुखाई
५) धुम्रपान, मद्यपान तथा क्याफिन
६) सुख्खा आँखा
७) एलर्जी
८) अनिन्द्रा
९) पोषकतत्वको कमी / असन्तुलनता
१०) बढि उज्यालो
बिभिन्न अध्ययन अनुसार तनावलाई नम्बर एक कारणको रुपमा लिइने गरिन्छ । प्रायः महिलामा देखा पर्ने यो समस्या, कुनै कुनै मानिसहरुमा डरलाग्दो रुपमा पनि प्रस्तुत हुने गर्छ । यस्तो समस्याक कारण हुन:
१) परेलाको चाँया
२) आँखा पाक्नु
३) सुख्खआँखा
४) परेला भित्र गढ्नु
५) नानीमा घाउ हुनु
६) औषधीका सेवन
कहिलेकाही औषधिका कारण पनि आँखा फर्फफराउने गर्छ । छारे रोग, मानसिक रोगका लागी प्रयोग गरिने औषधीहरुले पनि आँखा सुख्खा बनाएर यस्तो रोग निम्त्याउन सक्छ ।
त्यस्तै, बेल्स् पाल्सि, मल्टिपल स्क्लेरोसिस, पार्किनसोनिज्म इत्यादी लगायतका नशा तथा शरिरिक रोग सम्बन्धि समस्याका कारण पनि आँखा फरफराउने गर्छ ।
उपचार विधि
प्रायः आँखा फर्फराएमा कुनै उपचारको जरुरत पर्दैन । यो आफैमा ठिक हुने समस्या हो । तैपनि केही कुरामा ध्यान दिएमा यो समस्या समाधान हुनसक्छ ।
१) तनाव कम गर्ने
२) निन्द्रा पुरा गर्ने
३) आँखालाई तातोले सेक्ने
४) आँखाको मसाज गर्ने
५) कृत्रिम आँशुको प्रयोग गर्ने
६) रक्सी, चुरोट तथा क्याफिनको सेवन कम गर्ने
अलि जटिल रुपमा प्रस्तुत भएको खण्डमा वा यस्तो अवस्था सिर्जना भएमा नेत्ररोग बिषेशज्ञको परामर्श लिनुपर्छ ।
१) आँखा रातो भएर सुन्निनु
२) आँखाको ढकनी झर्नु
३) धेरै समय सम्म पनि आखा फरफराईरहनु
४) अनुहारको अरु भागहरु पनि संलग्न हुनु ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया