श्रावण १३, २०८३ बुधबार July 29, 2026

राम्री केटी पट्याउने सजिलो उपाय (टिप्स सहित)

महिलाहरु पुरूषको हासोँबाटै प्रभावित हुने अध्ययनको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महिलालाई खुसी राख्न तथा महिलालाई पट्याउनका लागि पुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ । महिलाहरु पुरूषको हासोँबाटै प्रभावित हुने उक्त अध्ययनले दावी गरेको छ ।

पुरूषहरुको हाँसोले महिलाहरूले उक्त पुरूषलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने बताइएको छ । अध्ययनमा के बताइएको छ भने जब पुरूषहरु महिलामाथि हावी हुन्छन् तब महिलाले उक्त पुरूषले हासेँर भनेको कुरालाइ सहजै स्वीकार गर्छिन् । यस्तै, अध्ययनले महिलालाई हाँसेर कुनै पुरूषले सेक्ससम्बन्धी कुनै आपत्तिजनक कुरा बताए पनि वेवास्ता गर्ने गरेको बताएको छ । शरीरको भाषाकी विशेषज्ञ पट्टी बूडका अनुसार महिलाले पुरूषका बारेमा कुनै निर्णय लिनुपर्दा उनीहरूको हाउभाउ बढी ध्यान दिने गर्छन् ।

पुरूषले बोलेको कुरा र उसको हाउभाउ मिले नमिलेको हेरेर महिलाले उक्त पुरूषको बारेमा आफ्नो धारणा तयार गर्ने बूडले बताइन् । उनले महिलाको यही कमजोरीका कारण पुरूषले सहजै पट्याउन सक्ने र सेक्सका बारेमा आपत्तिजनक कुरा समेत सहजै भन्ने गरेको बताउँछिन् । उनले महिलाहरुलाई पुरूषको मुस्कानबाट बच्नका लागि सल्लाह दिएकी छिन् । उनले पुरूषले आफूबाट के चाहेको त्यो पहिले विचार गर्नुपर्ने बताउँछिन् । उसको व्यवहार समेत ध्यानमा राख्नुपर्ने उनको धारणा थियो ।

यस्ता छन् तरिकाः

नजिक हुने प्रयास गर्नुस् 

तपाईलाई कुनै केटा असाध्यै मन परेको छ या तपाई उसलाई भित्रभित्रै दिलमा सजाइसक्नु भएर पनि उसको ध्यान तान्न सकिरहनु भएको छैन भने सुरुमा तपाईले केही सजगता जरुर अपनाउनु पर्ने हुन्छ । त्यसका लागि तपाईले पहिले त उसँग नजिक हुने प्रयास गर्नु पर्छ । उसका साथीहरुसँग नजिकिँदै उसँग नजिक हुने उपाय तपाईका लागि सबैभन्दा लाभदायक हुन सक्छ । उसँग उसका साथीमार्फत नजिकिनुस् र उसका आनीबानी थाहा पाउने प्रयास गर्नुस् ताकि उसका मन पर्ने र नपर्ने आनीबानीहरु तपाईले थाहा पाउन सक्नुहोस् । उसका आनीबानी थाहा पाइसकेपछि तपाईले यस्तो व्यहार मात्र उसका अगाडि देखाउनुहोस्,जुन उसले मन पराउँछ ।

ग्रिन सिंग्नल दिनुहोस् 

तपाईलाई मन परेको कुनै केटाको आनीबानी बुझिसक्नु भएको छ भने अब तपाइको काम भनेको उसलाई लाइन मार्नतिर केन्द्रीत हुनुपर्छ । त्यसैले अब ढिलानगर्नुहोस् तर पहिले उ तपाईप्रति सकारात्मक छ कि छैन भन्ने कुरा भने पहिल्याउनुस् । तर याद गर्नुहोस्,लाइन मार्दा सामान्य मर्यादा र अनुशासन भने ख्याल गर्नुहोस् ।केटाहरु उपयोगितावादी हुने भएकाले तपाईको पर्फमेन्सबाट उनीहरुले तपाईसँगको सम्बन्ध निर्धारण गर्ने गर्छन् । त्यसैले तपाईले सधै उसँग श्लिल,विनम्र र मर्यादित ढंगले सम्बन्ध बढाउनुस् ताकि उसले तपाईलाई लामो समयसम्मकै लागि सोचेर सम्बन्ध बढाओस् ।

लजाउनुहोस् 

लाजलाई केटीहरुको गहनाको रुपमा हेरिन्छ । जतिसुकै सभ्य र आधुनिक युगमा प्रबेश गरे पनि पुर्विय समाजका केटीहरु छाडा भएको कसैले पनि मन पराउँदैनन् । त्यसैले केटीहरुले सधैभरि यसमा ध्यान दिएर आफुलाई लाइन मार्ने कार्यमा क्रियाशिल गराउनु राम्रो हुन्छ । त्यसैले कुनै केटाको ध्यान आफुतिर तान्न चाहानुहुन्छ भने सबैभन्दा पहिले हेराइमा ध्यान दिनुहोस् । उसलाई बारबार लजाएर हेर्नुहोस् ।उसले तपाईको हेराईबाटै थाहा पाओस् कि तपाई उसलाई चाहिरहनु भएको छ । तर हेर्दा यसरी हेर्नुस् कि केटाको मनमा पनि तपाई प्रति कौतुहुलता जागेर आसोस् । पट्क–पट्क हेर्ने र हल्का लजाएजस्तो गर्न भने नभुल्नुस् ।

ड्रेसअपमा ध्यान दिनुहोस् 

मानिसलाई आकर्षण गर्ने अर्को तरिका भने लवाई वा ड्रसअप नै हो । लवाइले मानिसमा थप आकर्षक बनाउन सहयोग पुर्याउने भएकाले आफ्नो लवाईमा सधै सचेत हुनुहोस् । तर तपाईले आफ्ना लवाईमा भने यो विचार पुर्याउनुहोस् कि उसले कस्तो कपडा लगाउँदा तपाईप्रति उ आकर्षित हुन्छ । तर धेरै भद्दा र खुलेको कपडा भने नलगाउनुहोस् किनकी त्यस्ता कपडा लगाउनेप्रतिको केटाहरुको दृष्टिकोण निकै नै नकारात्मक हुन्छ ।

बोलीमा मिठासता देखाउनुहोस् 

मन परेको केटाको छेउछाउ भएको बेला आफ्नो बोलीमा मा ध्यान दिनुहोस् । मिठो र मसिनो स्वर बोलेर केटालाई आकर्षित गर्ने, बोल्दा प्रयोग हुने शब्द र उच्चारणमा पनि सतर्कता अपनाउनुहोस् ताकि तपाईको जालबाट उ उम्किन नसकोस् ।

केटाको हेरचाह गर्नुहोस् 

केटासँग नजिकिने अर्को सजिलो तरिका हो,उसलाई लगातार हेरचाह गरिहनु ।त्यसैले उसलाई कुनै समस्या पर्दा,उ अनुपस्थित हुँदा या विरामी पर्दा उसँग यसबारे बुझ्नुहोस । जसले तपाई र उबीचको भावनात्मक सम्बन्ध थप झागिएर जान्छ ।

समस्यामा सहयोग गर्न नहिच्किचाउनुस् स्कुनै पनि मानिससँग सम्बन्ध निर्माण गर्नका लागि उसको विपत्तिको या दुःखको घडी निकै नै फलदायी मानिन्छ । यो तथ्य बुझेका धेरै मान्छेहरु मन परेका मान्छेहरुसँग सम्बन्ध निर्माण गर्न चुक्दैनन्,त्यसको उपयोग गर्छन् र सम्बन्ध बनाउँछन् । त्यसैले तपाई पनि आफुलाई मन परेको केटा साथीलाई परेको समस्यामा सहयोगीको भुमिकामा देखिनुहोस्,जसले तपाईको चाहना भरथेग गर्न मद्दत पुग्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार