असार ४, २०८२ बुधबार June 18, 2025

बिहारमा चट्याङ लागेर एकैदिन २१ जनाको ज्यान गयो

पिलिभीत, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्जका करिब ८०० गाउँ लगातार तेस्रो दिन पनि बाढीको चपेटामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको बिहारका धेरै जिल्लामा भारी वर्षा भइरहेको छ । चट्याङका कारण पछिल्लो २४ घण्टामा राज्यका १२ जिल्लामा २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

राज्यका धेरै खोला तथा नदीमा बाढी आएको छ । भागलपुरको गंगा र कोशीबाट कटान भइरहेको छ। धेरै घर डुबानमा परेका छन् । कतिपय मानिस घर छाड्न बाध्य भएका छन् ।

उता, उत्तर प्रदेशमा भने नेपालसँग सीमा जोडिएका जिल्लामा बाढीको अवस्था छ । पिलिभीत, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्जका करिब ८०० गाउँ लगातार तेस्रो दिन पनि बाढीको चपेटामा परेका छन् ।

शाहजहांपुरमा दिल्ली-लखनउ राजमार्ग लगातार दोस्रो दिन पनि बन्द छ। बलरामपुरको प्राथमिक विद्यालयमा ३ फिटसम्म पानी भरिएको छ ।यूपी–बिहार बाहेक देशभर भारी वर्षा भइरहेको छ । मौसम विभागले मध्य प्रदेश, उत्तर प्रदेश, छत्तीसगढ, पञ्जाब, हरियाणा, जम्मू, उत्तराखण्ड र हिमाचल प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरेको छ ।

विभागले मुम्बईमा वर्षाको चेतावनी जारी गरेको छ। जसका कारण सडक, रेल र हवाई यातायात सेवा प्रभावित हुन सक्नेछ । शुक्रबार राति र शनिबार बिहान दिल्लीका केही क्षेत्रमा भारी वर्षा भएको थियो। आज पनि यहाँ पानी पर्ने सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया