असार २१, २०८२ शनिबार July 5, 2025

भाजपाले डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने

भाजपाको विधानअनुसार प्रत्येक सदस्यले प्रत्येक नौ वर्षमा सदस्यता नवीकरण गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली,  असार  ३० गते । भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाको कार्यकाल समाप्त भएको छ । उहाँको कार्यकाल सन् २०२४ को जुनसम्म लम्बिए पनि अहिले उहाँलाई सरकारभित्र महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । त्यसैले भाजपा अब नयाँ अध्यक्षको खोजीमा छ ।

भाजपाले यस वर्षको डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने लक्ष्य राखेको छ । यस पदका लागि अगस्ट १ देखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । राष्ट्रिय अध्यक्षको निर्वाचनअघि जिल्ला र प्रदेश एकाइलाई सुदृढ गर्दै बृहत् सदस्यता अभियान सञ्चालन गरिने छ ।

नयाँ भाजपा राष्ट्रिय अध्यक्ष चयन गर्ने प्रक्रिया अगस्ट १ मा सुरु हुनेछ । प्रारम्भमा, सदस्यता अभियान सुरु हुनेछ र यो सेप्टेम्बर १५ सम्म चल्नेछ । त्यसपछि, सेप्टेम्बर १६ देखि सेप्टेम्बर ३० सम्म सक्रिय सदस्यता अभियान चल्नेछ । अक्टोबर १ देखि अक्टोबर १५ सम्म सक्रिय सदस्यता प्रमाणीकरण सञ्चालन गरिनेछ ।

भाजपाको विधानअनुसार प्रत्येक सदस्यले प्रत्येक नौ वर्षमा सदस्यता नवीकरण गर्नुपर्छ । यस वर्ष सदस्यता अभियानमा प्रधानमन्त्री, पार्टी सभापति र सबै दलका नेताहरूले सदस्यता नवीकरण गर्नुपर्नेछ ।

नोभेम्बर १ देखि नोभेम्बर १५ सम्म भाजपाले मण्डल ९स्थानीय एकाइ० अध्यक्षहरूका लागि चुनाव गर्नेछ । यसपछि नोभेम्बर १६ देखि नोभेम्बर ३० सम्म जिल्ला अध्यक्षको निर्वाचन हुनेछ ।

मण्डल र जिल्ला अध्यक्षको निर्वाचनपछि प्रदेश परिषद् र केन्द्रीय परिषद्का सदस्य चयन हुने भाजपाभित्रको स्रोतले जनाएको छ । यो निर्वाचनपछि मात्र प्रदेश सभापति चयनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेश सभापतिको निर्वाचन प्रक्रिया डिसेम्बर १ देखि सुरु हुनेछ । पचास प्रतिशत प्रदेशमा निर्वाचन सम्पन्न भएपछि राष्ट्रिय अध्यक्ष चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।

यो व्यवस्थित र चरणबद्ध दृष्टिकोणले भाजपाको सङ्गठनात्मक संरचना बलियो र नेतृत्व सङ्क्रमणका लागि तयार रहेको सुनिश्चित गर्दछ । पार्टीले भावी राजनीतिक चुनौती र अवसरको तयारी गर्ने भएकाले आगामी निर्वाचन महत्त्वपूर्ण छ ।

नड्डालाई राज्यसभामा सदनको नेता नियुक्त गरिएको छ । नड्डा गुजरातबाट राज्यसभा सांसद निर्वाचित हुनुभएको छ । सन् २०२४ को लोकसभा निर्वाचनपछि उहाँलाई मोदी क्याबिनेटमा स्वास्थ्य, रसायन र उर्वरक विभागको जिम्मेबारी दिइएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार