काठमाण्डाैंः चिनियाँ वैज्ञानिकले नयाँ भाइरस (फ्लु -रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् ।
यो भाइरस सुँगुरबाट सर्ने बताइएको छ । एकदेखि अर्को मानिसमा सजिलै सर्न सक्ने यो भाइरस विश्वभर महामारी बन्न सक्ने वैज्ञानिकहरुले जनाएका छन् । वैज्ञानीक भन्छन्, ‘यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ ।’
यस भाइरसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्ने वैज्ञानिकले बताएका छन् । यो भाइरसलाई तत्कालै सुँगुरमा नियन्त्रण गरी अनुसन्धान गर्नुपर्ने उनीहरले बताएका छन् । यस भाइरसलाई वैज्ञानिकले जी४ ईए एनवानएनवान नाम दिएका छन् ।
सुँगर उद्योगमा काम गर्ने केही व्यक्ति यस भाइरसले संक्रमित गरेको पाइएको छ । उनीहरुलाई निगरमनीमा राखि उपचार गरिदै छ । कोरोना महामारीसँगै अन्य भाइरस फैलिन सक्ने बताउदै कुनै पनि स साना देखिने भाइरसलाई वेवास्ता गर्न नहुने वैज्ञानिक बताउछन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया