जेठ ७, २०८१ सोमबार May 20, 2024

अनेरास्ववियु (क्रान्तिकारी)द्धारा भर्ना लिने र शूल्क असुल्न कार्य तत्काल रोक्न शैक्षिक संस्थाहरुलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले अनलाइन कक्षाको नममा नीजि शैक्षिक संस्थाहरुले शूल्क असुल्न विद्यार्थी र अभिभावकलाई दवाव दिन थालेको भन्दै आपत्ति जनाएको छ ।

लकडाउनकै बीचमा नीजि शैक्षिक संस्थाहरुले भर्ना गर्ने, शूल्क असुल गर्न अभिभावकलाई पत्र पठाउन र शूल्न नतिरे अनलाइन कक्षाबाट हटाउने भन्दै दवाव दिएको भन्दै अखिल क्रान्तिकारीले विरोध जनाएको हो ।

अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले मंगलबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण जनजीवन सामान्य भइनसकेको अवस्थामा भर्ना लिने र शूल्क असुल्न कार्य तत्काल रोक्न शैक्षिक संस्थाहरुलाई आग्रह समेत गरेका छन् ।

विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया