श्रावण १३, २०८३ बुधबार July 29, 2026

भूपू प्रेमिकाको श्रीमानलाई मार्न पार्सलमा टेप रेकर्डर बम पठाएपछि…

प्रेम सम्बन्धमा भएकै बखत युवतीले जीतुभाइसँग बिहे गरेकी थिइन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अपरिचित व्यक्तिबाट आएको पार्सल खोल्ने क्रममा पड्किंंदा भारतको गुजरातमा एक जनाको ज्यान गएको छ । बिहीबार अटो रिक्सा ड्राइभरले टेप रेकर्डरजस्तो देखिने पार्सल दिएपछि खोल्ने क्रममा पड्किंदा उनको ज्यान गएको हो ।

ती युवक ३२ वर्षीय जीतुभाइ हिराभाइ वन्जारा हुन् । यस घटनामा उनकी ९ र १० वर्षीय छोरीहरू घाइते भएका छन् । एक छाेरीको अवस्था सुधारोन्मुख छ भने अर्कीको गम्भीर रहेको बताइएको छ ।

भारतीय प्रहरीका अनुसार ३१ वर्षीय जयन्तभाइ बलुसिंह बन्जाराले अटो रिक्सामार्फत सो पार्सल पठाएका थिए । टेप रेकर्डरजस्तो देखिने उक्त पार्सल खोल्ने क्रममा पड्किएको थियो ।

एनडीटिभीका अनुसार पार्सल पठाउने व्यक्ति र बम पड्किंदा मृत्यु भएका युवकको श्रीमतीको पहिले प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्धमा भएकै बखत युवतीले जीतुभाइसँग बिहे गरेकी थिइन् । पछि उनीहरूका दुई छोरी भइसकेपछि ती महिला र उनका पूर्वप्रेमी पुनः नजिकिए ।

घटना भएको समय ती युवती घरबाहिर थिइन् । घरमा जीतुभाइ र उनका दुई जना छोरीहरू मात्र थिए । युवतीलाई सो घटनाबारे थाहा भएको र त्यहीबाट बच्न उनी बाहिर गएको भन्ने दाबी गरिएको छ ।

टेप रेकर्डर बम बनाउका लागि आरोपित जयन्तभाइ राजस्थान पुगेका थिए । उक्त टेप रेकर्डरमा गेलाटिन स्टिक्ट र डेटोनेटर राखिएको थियो । उक्त स्टिक निकाल्नासाथ त्यसभित्र भरिएको विस्फोटक पदार्थ पड्किन पुगेको थियो ।

रिक्सामा पार्सल ल्याएर आउने व्यक्ति सीसीटिभी फुटेजमार्फत पहिचान भएको प्रहरीले जनाएको छ । पछि अटो ड्राइभरसँग बयान लिएपछि उनले उक्त घटनाको बेलीविस्तार लगाएका थिए ।

प्रहरीका अनुसार पूर्वप्रेमिकाको श्रीमानको हत्या गर्ने उद्देश्यले ती युवकले पार्सलमा बम पठाएका थिए । थप अनुसन्धानबाट प्राप्त जानकारीका आधारमा युवकविरुद्ध मुद्दा दायर गरिने प्रहरीको भनाइ छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार