असार १४, २०८३ आइतबार June 28, 2026

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गराएर बालुवाटार फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गराएर बालुवाटार फर्किएका छन् ।

प्रधानमन्त्री ओली नियमित चेक जाँचका लागि अपरान्ह गंगालाल अस्पताल बाँसबारी पुगेका थिए । उनी स्वास्थ्य परीक्षणपछि साँझ फर्किएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मुटुको नियमित परीक्षणका क्रममा प्रधानमन्त्री ओली  गंगालाल अस्पताल जानुभएकोमा अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री निवास बालुवाटार फर्किसक्नु भएको जानकारी दिए ।

उनले केही महिनाअघि दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया