असार १०, २०८२ मंगलबार June 24, 2025

ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन

नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे कमला अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन् ।

डेमोक्रेट पार्टीको प्रतिनिधिहरुले मतदान मार्फत ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका लागि छानेका हुन् । अब यसको औपचारिक घोषणा भने यहि अगस्त १९ देखि हुने डेमोक्रेट पार्टीको कन्भेन्सनमा हुने छ ।

It Isn't About Kamala Harris

ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट गरिएको छ।

यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राखेर कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि, ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन।

कमला ह्यारिस शुक्रबार दिउँसो डेमोक्रेटका ४ हजार मध्ये २३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार