जेठ २, २०८३ शनिबार May 16, 2026

द्रुतमार्ग विकासको नमुना हुनेछ- प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ आयोजित एक कार्यक्रममार्फत ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गर्नुभएको छ । अक्ष ज्योति प्रालिको आयोजनामा सञ्चालित यस अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

उहाँले विदेशमा पनि जीवन सजिलो नभएको उल्लेख गर्दै युवाहरूले स्वदेशमै भविष्य खोज्नुपर्नेमा जोड दिनुभयो । “मैले पनि अमेरिकामै रहेर अर्थशास्त्र विषयमा विद्यावारिधि गरेको थिएँ”, उहाँले भन्नुभयो, “विदेशमा बस्नेहरूले रिलमार्फत देखाए जस्तो सजिलो छैन । नेपालमै ठूलो सम्भावना छ ।”

आजको कार्यक्रममा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सुमन समल मगर पहिलो, शिशिर लामिछाने दोस्रो र सुरक्षा कँडेल तेस्रो भए । उनीहरुलाई प्रमुख अतिथि डा महतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।

अक्ष ज्योतिले अभियानअन्तर्गत आगामी दिनमा मुलुकका विभिन्न क्याम्पसका विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध र वक्तृत्व कला प्रतियोगिता, उद्यमशीलतासम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र ‘लेक्चर सिरिज’आयोजना गर्ने जनाएको छ ।

आजको कार्यक्रममा ‘स्टार्टअप र साना उद्यमीहरूको समस्या: वित्तीय पहुँचका लागि बैङ्कहरूसँग कसरी सम्पर्क गर्ने रु’ विषयमा राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिनुभएको थियो । साथै ‘डिजिटल बैङ्किङको वरदान र आशीर्वाद: नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले प्रशिक्षण दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निलम्बन फुकुवापछि नेपाल समूह ए मा रहेर साफ च्याम्पियनसिप खेल्ने पक्का
२०८३ जेठ २, शनिबार
लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठुलो हुन्छ : प्रवक्ता चालिसे
२०८३ जेठ २, शनिबार
पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द
२०८३ जेठ २, शनिबार
त्रिवि प्रशासन पुनर्गठनः शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
२०८३ जेठ २, शनिबार
लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
२०८३ जेठ २, शनिबार
वडा सचिवलाई धम्की दिने व्यक्ति काठमाडौं प्रहरीको फन्दामा
२०८३ जेठ २, शनिबार
इजरायल-लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
२०८३ जेठ २, शनिबार