श्रावण १२, २०८३ मंगलबार July 28, 2026

पोखरामा डेंगूका बिरामीहरूको सङ्ख्यामा वृद्धि

३ सय ४६ जनामा डेंगु रोग सङ्क्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा डेंगूका बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको छ । केही दिन यता देखि पोखराका सामुदायिक तथा निजी अस्पतालहरूमा डेंगूका बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको पोखरा महानगरपालिका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

पोखरामा डेंगुका बिरामीहरू बढेसँगै पोखरा महानगरले डेंगू नियन्त्रण गर्न हरेक बिहान १०ः०० बजे देखि १०ः३० बजेसम्म हरेक सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले आफ्नो कार्यालय वरिपरि सरसफाइसहित डेंगू रोग सङ्क्रमण फैलिन नदिन परामर्श गर्ने गराउन पोखराका मेयर धनराज आचार्यले निर्देशन दिनुभएको छ ।

पोखरामा शुक्रकारसम्मको तथ्याङ्क हेर्दा ३ सय ४६ जनामा डेंगु रोग सङ्क्रमण देखा परेको छ । कास्कीमा ४ सय ६६ जनामा डेंगू रोग सङ्क्रमण हाल फैलिएको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले बताउनुभयो ।

कार्यालयले दिएको तथ्याङ्क अनुसार पोखरामा ३ सय ४६ जनामा यस सङ्क्रमण देखा परेको छ भने अन्नपूर्ण र माछापुच्छ्रे«े गाउँपालिकामा समान ४/४ जनामा डेंगू संक्रमण देखापरेको बरालले जनाउनुभयो ।

सङ्क्रमण हुँदा वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुने, शरीरमा साना साना राता दाना हुने जस्ता लक्षण देखिनासाथ नजिकको अस्पतालमा उपचार गर्न उहाँले आग्रह गर्नुभयो । लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा अभियान आवश्यक भएको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति
२०८३ श्रावण १२, मंगलबार
सांसद निर्वाचन क्षेत्रमा, संसद् र समितिमा ‘ब्रेक’
२०८३ श्रावण १२, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ श्रावण १२, मंगलबार
गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ श्रावण १२, मंगलबार
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार