असार २४, २०८२ मंगलबार July 8, 2025

आन्तरिक उडान र होटल व्यवसाय खोल्ने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वमहामारी कोरोना भाईरसका कारण सरकारले लगाएको लकडाउनका कारण बन्द रहेको आन्तरिक उडान र होटल व्यवसाय खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडान र होटल व्यवसाय खोल्ने तयारी भएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमार्फत भट्टराईले पर्यटकीय क्षेत्रलाई गतिमा ल्याउनका लागि स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर होटल तथा उडान क्षेत्र खोलिने जानकारी दिए । त्यसका लागि सम्बन्धित क्षेत्रका व्यक्तिलाई तयारी गर्न आग्रह गरिएको उनको भनाइ छ ।

चैत ११ गतेदेखिको लकडाउनका कारण आन्तरिक तथा बाह्य उडान र होटल व्यवसाय बन्द नै छ । मन्त्री भट्टराईले होटल र आन्तरिक उडान खुला गर्नका लागि आफूले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल गर्न थालेको बताएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले आइतबार सरोकारवालाहरुसँग असार १७ गतेदेखि आन्तरिक उडान थाल्नेबारे छलफल गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच यसबारेमा छलफल भएको जनाइएको छ ।

पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको स्रोतको दावी छ । पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।

तेस्रो चरणमा भने साउनमै अन्तर्राष्ट्रिय उडान पनि शुरु गरिने छ । कोरोनाका कम प्रभावित सात मुलुकबाट शुरुमा अन्तर्राष्ट्रिय उडान थालिने जनाइएको छ ।

सरकारको औपचारिक निर्णय आएसँगै टिकट बुकिङ खुला गर्ने तयारीमा विमान कम्पनीहरु जुटेका छन् । सरकारले चैत ९ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो भने चैत ११ देखि आन्तरिक उडान पनि बन्द गरिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया