मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको सङ्कट बढ्दै

युनिसेफका अनुसार थप दुई करोड ४० लाख बालबालिका पुड्कोपन र दुब्लोपनको शिकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौँ, ०३ भाद्रः संयुक्त राष्ट्रसङ्घले सोमबार मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ ।

“मध्यपूर्व र उत्तर अफ्रिका (एमइएनए) मा कम्तीमा सात करोड ७० लाख अर्थात तीनमध्ये एक बालबालिका कुनै न कुनै प्रकारको कुपोषणले पीडित छन्”, संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले विज्ञप्तिमा भनेको छ ।

मूल्याङ्कन गरिएका २० देशमा पाँच करोड ५० लाख बालबालिका मोटोपनले पीडित रहेको विज्ञप्तिमा उल्लेख छ । मोटोपनलाई युनिसेफले एक प्रकारको कुपोषण मानेको छ । युनिसेफका अनुसार थप दुई करोड ४० लाख बालबालिका पुड्कोपन र दुब्लोपनको शिकार छन् ।

युनिसेफका क्षेत्रीय निर्देशक एडेल खोडरले साना बालबालिकामध्ये एक तिहाइलाई मात्र पौष्टिक खाना उपलब्ध गराइएको बताउनुभयो ।

युनिसेफले सरकारहरूलाई उनीहरूको योजना र नीति बनाउँदा पोषणलाई ध्यान केन्द्रीत गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले गत महिना द्वन्द्व, आर्थिक उथलपुथल र जलवायु परिवर्तनले गत वर्ष विश्वको करिब नौ प्रतिशत जनसङ्ख्यालाई प्रभावित तुल्याउँदै भोकमरी कम गर्ने प्रयासमा अवरोध सिर्जना गरेको बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै
२०८३ मंग्सिर ३, बिहिबार
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार