कार्तिक १५, २०८३ आइतबार November 1, 2026

काठमाडौंको ढलमा भेटियो कोरोना भाइरस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौंका  मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस भएको देखाएको छ। सो अध्ययनमा चार स्थानमध्ये दुई स्थानका ढलको पानीमा कोरोना भाइरस देखिएको हो। सार्स २ इन्भारोमेन्टल सर्भिलेन्सले २ महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो।

सो अनुसन्धानका मुख्य अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखिएको जानकारी दिए। उनले भने, ‘हामीले कम्तिमा १०० घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानको ढलको नमुना लिएका थियौँ। मानिसको दिसामा समेत कोरोना भाइरस रहेकाले त्यो ढलमा देखिएको हो।’

उनले कोरोना भाइरस मानिसको दिसामा भएको र  भाइरस समुदायमा गइसकेको संकेत अनुसन्धानले दिएको बताए। उनले भने, ‘भाइरस समुदायमा गइएको संकेत अध्ययनले देखाएको छ। तर, लक्षण नभएका संक्रमित भएको पनि देखिन्छ। उनीहरुबाट पनि अरुलाई सर्न सक्छ। धेरै व्यक्तिको पिसिआर टेष्ट हुन नसकेको अवस्था यसरी अध्ययन गरी ढलमा भाइरस भेटिएका टोलटोलमा परीक्षण गर्न सकिन्छ।’

जनस्वास्थ्यविद् डा समीरमणि दिक्षितले भने, ‘लामो समयदेखि समुदायमा कोरोना भाइरस छ कि छैन भन्ने ठूलो प्रश्न थियो, यो अध्ययनले भाइरस समुदायमा छ भन्ने प्रमाणित गरेको छ।’  उनले ढलमा देखिनु भनेको धेरै जनामा भाइरस छ भन्ने संकेत दिएको बताए। ‘हामीले समुदायमा पहिल्लैदेखि भाइरस छ भनेर पिसिआर परीक्षण दायरा बढाउनुपर्छ भन्दै आएका थियाैं। अध्ययनले पनि त्यही पुष्टि गरेको छ। परीक्षण बढाउनुपर्छ।’
डा कर्माचार्यले यस्तै अध्ययन ललितपुरमा पनि गर्ने योजना रहेको बताए। अध्ययनको निष्कर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत बुझाउने उनले जानकारी दिए।

ट्राभल हिष्ट्री नभएका उपत्यकाका बासिन्दामा कोरोना भाइरस संक्रमण देखिएपछि. कोरोना संक्रमण समुदायमा गएको आंशका गरिएको छ। हालसम्म उपत्यकामा देखिएका मध्ये १२ जना संक्रमितको कुनैपनि ट्राभल हिष्ट्री नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार