असार २४, २०८२ मंगलबार July 8, 2025

‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख घिमिरे

संसद् बैठक नभएका दिन संसदीय समितिका बैठक गरेर विचारधीन विधेयकलाई निष्कर्षमा पुर्याउन प्रमुख सचेतकहरूले ख्याल गर्न सुझाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ भदौ । सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्नेगरी काम गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन् ।

प्रमुख सचेतकहरूसँग आज भएको छलफल उनले संसद् बैठक नभएका दिन संसदीय समितिका बैठक गरेर विचारधीन विधेयकलाई निष्कर्षमा पुर्याउन प्रमुख सचेतकहरूले ख्याल गर्नुपर्ने बताए ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले भोलि भदौ ६ गते बिहान ११ः३० बजे कार्यव्यस्था परामर्श समितिको बैठक बोलाइएको बताए ।

भोलिको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची रहेको बताउँदै उनले यस कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि भूमिका निर्वाह गर्न सभामुखले आग्रह गरेको बताए ।

बैठकमा प्रतिनिधिसभाको आगामी बैठक भदौ ११, १२, १३ गते गर्नेगरी प्रस्ताव गरिएको छ । यसैगरी प्रत्येक १५ दिनमा संसद् बैठकको कार्यतालिका बनाएर प्रभावकारी रुपमा सञ्चालन गर्नेगरी छलफल भएको मुख्य सचेतक बर्तौलाले बताए ।

संसदीय समितिमा विभिन्न विधेयक विचाराधीन अवस्थामा सभामुख घिमिरेले समितिले निर्णयार्थ काम गर्नेगरी संसदीय समितिका बैठकलाई पनि प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार