कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

बझाङको पहिरोमा हराईरहेका सात जनामध्य ३ जनाको शव भेटियोः खोजी कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः बझाङमा गए राति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले जानकारी दिएका छन् ।

अहिलेसम्म ६ जनाको शव भेटिएको जानकारी दिंदै वडाध्यक्ष बोहराले भने, ‘अझै एक जना बेपत्ता बेपत्ता हुनुहुन्छ ।’ वडाध्यक्ष बोहरका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, १३ वर्षीया छोरी अस्मीता जेठारा, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव भेटिएको छ ।

२२ वर्षीय गिरी जेठाराको अवस्था अज्ञात रहेको वडाध्यक्ष बोहराले बताएका छन् । जनप्रतिनिधि, स्थानीय र प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । उद्धारका लागि अहिले दुर्गाथली र धोताको प्रहरी टोली घटनास्थल पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार
दुग्ध विकास संस्थानमा १२ करोड १३ लाखको अनियमितता, आठ जना पक्राउ
२०८३ कार्तिक १३, शुक्रबार
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
२०८३ कार्तिक १३, शुक्रबार
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’
२०८३ कार्तिक १३, शुक्रबार
हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी
२०८३ कार्तिक १३, शुक्रबार
सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ कार्तिक १३, शुक्रबार