असार २४, २०८२ मंगलबार July 8, 2025

बागमती प्रदेशः विषयगत समितिबाट दुई विधेयक पारित

प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० दफलवार छलफल पश्चात पास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, १३ भदौः बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिहरुले लामो समयदेखि विचाराधीन दुई विधेयक टुङ्गो लगाएका छन् ।

आज बसेको प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिले दफावार छलफल पश्चात विगत एक वर्षदेखि विचाराधीन प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने गरी टुङ्गो लगाएको हो ।

विधेयकका ३० वटै दफामाथि दफावार छलफल पश्चात सर्वसम्मतबाट उक्त विधेयक पास गरेको समितिका सभापति आनन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त विधेयक गत २०८० असोजमै समितिमा दर्ता भए पनि सत्ता परिवर्तन, बजेटलगायत कारणले विधेयकमाथि छलफलअघि बढ्न सकेको थिएन् ।

आजै बसेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० दफलवार छलफल पश्चात पास गरेको समितिका ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । स्वास्थ्य विधेयक लामो समयदेखि समितिका विचाराधीन रहँदा प्रदेशमा स्वास्थ्य संस्था स्थापनालगायत कार्य प्रभाबित हुँदै आएको थियो ।

भोलि बस्ने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिका सभापति ढकालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार