भाद्र २७, २०८३ शनिबार September 12, 2026

आगामी १४औं महाधिवेशन फाल्गुन ७-१० सम्म काठमाडौंमा गर्ने काँग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः नेपाली काँग्रेसले पूर्वघोषित पार्टीको आगामी कार्यतालिका संशोधन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले आगामी फाल्गुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित महाधिवेशनको अन्तिम मिति कायमै राखेर अन्य सबै तालिका संशोधन गर्ने निर्णय गरेको हो ।

गत असार १४ गतेको पदाधिकारी बैठकले तयार गरेको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । माघ १४ गतेको केन्द्रीय समितिले तय गरेको पूर्वर्निधारित कार्यतालिकामा कत्तिमा दुई महिना संशोधन गरिएको छ ।तर, संशोधित कार्यतालिका अनुसार कार्यसम्पादन हुनेमा कांग्रेस नेताहरूले नै आशंका व्यक्त गरेका छन् ।

असार १४ गते बसेको पदाधिकारी बैठकले तयार गरेको कार्यतालिकालाई केन्द्रीय समितिले अनुमोदन गरेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । पदाधिकारी बैठकले तयार गरेको प्रस्तावमा संगठन समायोजनको काम सक्ने समय अवधि भने साउन १० गतेसम्मका लागि थप गरिएको छ ।

एकातिर कोरोना भाइरसको जोखिम बढ्दै गएको छभने अर्कोतिर फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन । संशोधित कार्यतालिका अनुसार साउन १० गतेभित्र संगठन समायोजनको काम सक्ने भनिएको छ । तर, आन्तरिक विवादका कारण अझै २६ जिल्लाको संगठन समायोजनको काम बाँकी छभने ५१ जिल्लाको मात्र समायोजनको काम सकिएको छ अहिलेसम्म । थपिएको समयमा पनि विवादित जिल्लाको समायोजनको काम सकिने अवस्था छैन ।

केराना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा पूर्व नै कांग्रेसले संगठन समायोजनको काम सकेका ४० जिल्लामा क्रियाशील सदस्यता फारम लगेका छन् । तर, ती जिल्लाहरूले पनि अझै सदस्यता वितरणको काम सुरु भएको छैन ।

कांग्रेस महाधिवेशनका लागि सबैभन्दा पेचिलो विषय नै सदस्यता वितरण र नविकरण हो । महाधिवेशनको पूर्वाधार मात्र नभएर गाउँ देखि केन्द्रसम्मको नेतृत्व चयनको आधार नै क्रियाशील सदस्यता भएकाले त्ययसलाई आफ्नो पक्षमा पार्न नेताहरू सक्रिय रहने गर्दछन् ।

कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पुर्याएको छ । संशोधित कार्यतालिका अनुसार पुस ८ गते,गाउँ÷नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्र पुस १३ गतेका लागि तय भएको छ । कात्तिक २५का लागि तय भएको जिल्ला अधिवेशन पुस १६ गते गर्ने निर्णय गर्दै कांग्रेसले प्रदेश अधिवेशन माघ ६ गतेका लागि प्रस्ताव गरिएको छ । यसअघि प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने कांग्रेसले निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
२०८३ भाद्र २७, शनिबार
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
२०८३ भाद्र २७, शनिबार
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
२०८३ भाद्र २७, शनिबार
ठगी जाहेरीपछि पक्राउ परेका कांग्रेस नेता गुरुङ ९ दिनपछि छुटे
२०८३ भाद्र २७, शनिबार
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण – परराष्ट्मन्त्री
२०८३ भाद्र २७, शनिबार
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
२०८३ भाद्र २७, शनिबार
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
२०८३ भाद्र २७, शनिबार