असार २४, २०८२ मंगलबार July 8, 2025

सार्वजनिक सेवा प्रसारण विधेयक संसदीय समितिबाट पारित

समितिबाट पारित उक्त विधेयक सभाको भदौ १८ गतेको संसद बैठकमा पेस हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना  प्रविधि समितिको आइतबारको बैठकबाट  सार्वजनिक सेवा प्रसारण विधेयक,२०७७ पारित भएको छ । आइतबारको बैठकले दफावार छलफल गरी उक्त विधेयक पारित गरेको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधि सभाले २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाएको थियो ।

टुंगिन बाँकी दफाहरु माथि छलफल गरी प्रतिवेदन पेस गर्न समितिले २०८१ वैशाख २६ गते छविलाल विश्वकर्माको संयोजकत्वमा देवेन्द्र पौडेल, डिकबहादुर लिम्बू, डा.तोसिमा कार्की, रामप्रकाश चौधरी रहेको ५ सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदन माथि समितिमा छलफल गरी आइतबार विधेयक पारित गरेको हो । समितिबाट पारित उक्त विधेयक सभाको भदौ १८ गतेको प्रतिनिधिसभा बैठकमा पेस हुने समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार