भाद्र २८, २०८३ आइतबार September 13, 2026

असार २५ गतेको रातिदेखि देशका धेरै स्थानमा लगातार वर्षाको सम्भावना- मौसम पूर्वानुमान महाशाखा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मौसम पूर्वानुमान महाशाखाले  आागामी विहिबार अर्थात असार २५ गतेको रातिदेखि देशका धेरै स्थानमा लगातार वर्षाको सम्भावना रहेकाले सकतर्कता अपनाउन सबैमा सेचत गराएको छ।

सोमबार राति ८ बजे विशेष मौसमी बुलेटिन प्रकाशन गरी महाशाखाले असार २५ गते अर्थात् बिहीबार रातिबाट मनसुन सक्रिय हुने भएकाले लगातार वर्षा सुरु हुने जानकारी दिएको हो।

बुलेटिनमा भनिएको छ, ‘मनसुन न्यून  चापीय रेखा नेपालको तराइ भू-भागनजिक रहने भएकाले आउँदो बिहीबार (असार २५) रातिबाट नेपालमा मनसुन सक्रिय हुने देखिएको छ, जसका कारण  नेपालका धेरैजसो ठाँउमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिन्छ। त्यसैले, तराइका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले  जारी गरेको बिशेष बुलेटिनः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार