काठमाडौंः पछिल्लो समय राजधानी काठमाडौं लगायत उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाण्डौं उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमध्ये काठमाण्डौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना रहेका छन् ।
काठमाण्डौंका संक्रमितहरुमध्य कपन, महाराजगञ्ज र चाबहिलका ब्यक्तिहरु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यस्तै, भक्तपुरको चाँगुनारायण र ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धि लगायतका स्थानमा रहेका छन् ।
महाशाखाले प्रयोगशालाका आएको ठेगानाका आधारमा संक्रमितसँग सम्पर्क गरिरहेका बताएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया