असार २४, २०८२ मंगलबार July 8, 2025

सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप हुने

संसदको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद १५ दिन थप हुने भएको छ ।

मंगलबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

तत्कालीन गृह मन्त्री रवि लामिछानेमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि १५ जेठमा एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।

सभापति थापाले सभामुख देवराज घिमिरेलाई भेटेर समितिको म्याद थपका लागि प्रस्ताव राखेपछि सभामुखले उक्त विषय प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राख्न लगाएका हुन् ।

संसद सचिवालय स्रोतका अनुसार यो समितिको म्याद १५ दिन थप गर्ने राजनीतिक सहमति भइसकेको छ र त्यसै अनुसार मंगलबारको प्रतिनिधि सभा बैठकबाट निर्णय हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार