मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

तरुण दलद्वारा नुवाकोटमा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलल नुवाकोटले निर्मलाको हत्यारालाई कारवाही नगरेको भन्दैसरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको । तरुण दलले निर्मता हत्या प्रकरण,वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको लगायतको विषयलाई लिएर नारा जुलुससहित जिल्ला प्रसाशन कार्यालयमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

नारा जुलुससहित जिल्ल प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकरीलाई ज्ञापनपत्र बुझाएका थिए । प्रर्दशनमा निर्मलाको हत्यारालाई कारवाही गर, गृहमन्त्री राजीनामा दे, वाइडबडी विमान खरिदमा भ्रष्टाचार गर्नेलाई कारवाही गर, केपी तिम्रो नाराले दुःख पाए साराले, मूल्यवृद्धि फिर्ता गर लगायतका सरकार बिरोधी नारा लगाएका थिए ।

ज्ञापन पत्र बुझाएपश्चात कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापती एवम बिदुर नगर मेयरका प्रत्यासी धुर्व अधिकारीले निर्मला पन्तको घटनाको चार महिना बितिसक्दा समेत सरकारले अपराधीलाई पक्राउ नगरी संरक्षण गरेको आरोप लगाउँदै सरकार जनतालाई

सुरक्षा दिन असफल भएको दावी गर्नुभयो । तरण दलको ज्ञापनपत्र बुझदै प्रमुख जिल्लाा अधिकारीउदवबहादुर थापालेज्ञापनपत्र सम्बन्धित ठाउँमा पु‍¥याउने र उठाइएका मुद्दा सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको तरुणदलका नेता सुमन गिरीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार