काठमाण्डौंः पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज सोमबार पनि छलफल भएको छ ।
हिजो अन्य केही नेतासहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको थियो । सो छलफलमा पार्टीभित्रको उत्पन्न विवाद मिलाउन सहमतिको खाका तय गर्ने अनौपचारिक समझदारी भएकामा त्यसैको निरन्तरतामा आज दुबै अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
सहमतिको प्रयासका लागि आज दुबै अध्यक्षबीच एक्लाएक्लै भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सरकार र पार्टीको सम्बन्ध, कोरोना रोकथाम, एमसिसी, पार्टी एकताका बाँकी काम लगायतका कार्यसूचीसहित असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया