असार २३, २०८२ सोमबार July 7, 2025

सरिता गिरीलाइ सांसद पदबाट निस्कासन गर्ने समाजवादी पार्टीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः समाजवादी पार्टी नेपालले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी  सरिता गिरीलाइ सांसद पदबाट निस्कासन गर्ने निर्णय गरेको छ ।

भारतद्बारा अतिक्रमित नेपालको भूमि समावेश गरी नेपालले संशोधन नक्सा निकाल्दा र तदनुरुप नेपालको संविधान संशोधन गर्दा सांसद गिरीले असहमति जनाएकी थिईन् ।

सांसद गिरीलाइ पार्टीले सांसदबाट निस्कासन गर्ने निर्णय गरी त्यससम्बन्धी जानकारी संसद सचिवालयमा पठाए पनि संसदबाट हटाउने प्रक्रिया गर्न भने बाँकी छ । गिरीको स्थानमा को सांसद हुने भन्ने विषयमा टुङ्गो लागि नसकेको समाजवादी पार्टीका महासचिव रामसहाय यादवले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया