असार २३, २०८२ सोमबार July 7, 2025

स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच १२ बुँदे सहमति (पूर्ण विवरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल र सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो । सहमतिसँगै अनशनरत युवाले अनशन तोडेका छन् ।

सहमतिअनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधिमात्र प्रयोग गरिने छ । विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड १९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएकोजस्ता कोभिड-१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको पिसिआर परीक्षण हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया